हस्त चौलागाई – कालिकोट । बाल विवाह विरुद्ध साझा अभियान कालिकोटले सन २०२४ मा गरेका क्रियाकलाप तथा उपलब्धिहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बालविवाह विरुद्ध साझा अभियान कालिकोटले अभियानको रुपमा कर्णाली प्रदेशका ३० वटा स्थानीय तहमा काम गदै आएको छ ।
यस्तै कालिकोट जिल्लाको महावै गाउँपालिका ,शुभकालिका गाउँपालिका र खाँडाचक्र नगरपालिकामा वालविवाह न्युनिकरण सहित स्थानीय तहमा बालविवाह न्युनिकरण सम्वन्धी रणैतिक योजना गर्ने मुख्य उद्येश्य रहेको बाल विवाह विरुद्ध साझा अभियान संजाल कालिकोटका संयोजक खडानन्द अधिकारीले बताएका छन् । अधिकारीका अनुसार जिल्लाको महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा बालविवाह न्युनिकरणका लागि रणनैतिक योजना तयार गरिसकेको बताए ।
बालविवाह विरुद्ध साझा अभियान कालिकोटले बालविवाह पिडीतलाई उद्धार तथा विभिन्न सहयोगका कार्यक्रम गरेको छ । बालविवाह न्युुनिकरण गर्नका लागि जिल्ला स्थित विभिन्न गैरसरकारी संस्थाहरुसंगको सहकार्यमा वालविवाह मात्रै नभएर परम्परात हानिकारक अभ्यास न्युनिकरण गर्न यस संजालले महत्वपुर्ण भुमिका खेलेको संजालका संयोजक अधिकारीले बताए ।
विभिन्न पालिकाहरुमा साझेदार संस्थाहरुको सहयोग समन्वय गरी यस संजालले काम गदै आएको छ ।
जिल्लामा रहेका मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल,किर्डाक नेपाल,भिडिसेफ ,सादा नेपाल सहित अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले वालविवाह न्युनिकरण, मानव अधिकारका क्षेत्र र विभिन्न विकास निर्माणका काम गदै आएका छन् । विभिन्न संघ संस्थाहरुले काम गदै आउदा विभिन्न कुरीती कुसस्कार सहित हिंसाहरु न्युनिकरण भइरहेका छन् । पहिलेको तुलानामा हाल बालविवाह न्युनिकरण भइरहेको विभिन्न मानव अधिकार कर्मीहरुले बताएका छन् । वाल विवाह न्युनिकरणको नारा भन्दा पनी वालविवाह अन्त्यको नारा लिएर काम गर्नुपर्ने मानव अधिकारकर्मी कालि बहादुर मल्लले बताए ।
Discussion about this post