कालिकोट – खाडाचक्र नगरपालिकामा निशुल्क क्षयरोग परिक्षण सेवा सुरु गरिएको छ ।कर्णाली प्रदेश सरकार समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको, सेभ द चिड्यान र किड्स नेपालको सहयोग र खाँडाचक्र नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा बुधवार एक कार्यक्रमका बिच मान्मको पञ्चदेवल मावीमा शिबिरको उद्घाटन गरिएको छ ।
खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीको सभा अध्यक्षता, स्वास्थ्य सेवा कार्यालय का नि. स्वास्थ्य सेवा व्यवस्थापक डा. भिष्म पोख्रेल, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका क्षयारोग तथा कुष्टरोग कार्यक्रमका सम्पर्क व्यक्ती पदम केसी जनस्वास्थ्य अधिकृत कटकबहादुर महत, क्षयारोग बिषेश्ज्ञ चिकित्सक र नेपाल पत्रकारमहासंघ कालिकोटका कोषाध्यक्ष विश्वनाथ सिम्खाडा लगायतका सरोकारवालाहरुको उपस्थीतीमा शिबिरको उद्घाटन गरिएको हो ।
सन २०३५ सम्म क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य अनुसार देशभरी क्षयरोग को परिक्षण सुरु गरिएको प्रदेश निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ती केसीले जानकारी गराए । सोही अनुसार हामिले खाँडाचक्र नगरपालिकाका मान्म, दाँहा र पाखामा यो शिबिर संचालन हुन गहिरहेको छ । अध्याधुनिक मेशिनद्धारा परिक्षण हुने भएकाले नगरपालिकाका नागरिकहरुले यो सेवा लिन आवश्यक रहेको केसीको भनाई थियो । उनका अनुसार वार्षिक रुपमा ३ सय बढीको क्षयरोग परीक्षण हुनु पर्ने हुन्छ तर, कालिकोटमा वार्षिक रुपमा एकसयको संख्याको चेकजाँच भइरहेको छ । नेपाल सरकारको लक्ष्य अनुसार यसलाई थप जागरुप र परिक्षण दर बढाउनको लागी स्थानिय सरकार स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालयले बढिनै लाग्नु पर्ने आँैलाए ।
साथै उनले परिक्षण गरसिकेपछी बिरामीको उपचारमा हुने भएकाले सवैले एकपटक क्षयरोग परिक्षण गर्नु पर्ने बताए । क्षयरोगको परिक्षण अध्याधुनिक मेशिनबाट छातीको एक्सरे गरेर उतिवेलै थाहाहुने समेत जानकारी गराए ।कार्यक्रममा जनस्वास्थ्य अधिकृत कछक महतले अध्याधुनिक मेशिनबाट परिक्षण हुने भएकाले सवैले परिक्षण गर्नु पर्ने बताए ।
यस्तै शिबिर उद्घाटन कार्यक्रममा खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले गाउँका मान्छेले क्षयरोगलाई टिवी भनेर बुझ्दछन। टि.वि एकबाट अर्कामा सजिलै सर्ने भएकाले नियसिमत रुपमा चेकजाँच गराउनु पर्ने बताए । हाम्रो समाजमा अझैपनी धुव्रपान जन्य प्रदार्थ सुर्ती, तमाखु बढी प्रयोग हुने भएकाले चेकजाँचलाई बढि प्रथामिकतामा राख्नु पर्ने बताए ।
शिबिरको उद्घाटन कार्यक्रमको संचालन क्षयरोग निवारण कार्यक्रमका खाँडाचक्र नगरपालिका संयोजक पुष्पराज पाण्डेले गरेका थिए । पाण्डेका अनुसार भोली ११ गते दाँहा र पर्सी १२ गते पाखा स्वास्थ्य चौकिमा यो विशिर संचालन हुने समेत जानकारी गराए ।
Discussion about this post