निरा बोहोरा २१, मंसिर रास्कोट – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकार र पैरवीका लागी सामुदायिक अभियान संगै रास्कोटमा देउडा प्रतियोगिता सम्पन्न गरिएको छ ।
प्लान नेपालको सहयोग र सादा नेपालको साझेदारीमा संचालित रंगिन परियोजना अन्तरगत रास्कोट नगरपालिका वडा नं ८ को जनजागृती मावीमा शुक्रवार वृहत देउडा प्रतियोगिता गरिएको हो ।
लैंगिक अल्पसंख्या समुदायको हक अधिकारका लागी पैरवीका लागी सन्देश मुलक देउडा प्रतियोगिता संचालन गरिएको रंगिन परियोजनाका फिल्ड सुपरभाइजर निरा कुमारी वोहोरा (सिम्खाडाले) बताइन ।
बाल कलवका अध्यक्ष शुसिल वरालको सभा अध्यक्षता, वडा र्न ८ का वडा अध्यक्ष मनिराज वरालको प्रमुख आतिथ्यता र विद्यालयका प्रअ नगराज उपाध्यायको विषेश आतिथ्यता र शिक्षक अभिभावक, बिद्यार्थीको उपस्थितीमा देउडा प्रतियोगिता गरिएको उनले बताइन ।
लैंगिक अल्पसंख्या समुदायको पनी सवै नागरिक सरह बाँच्न पाउने अधिकार छ । उनिहरुको हक र अधिकारका लागी रंगिन परियोजनाले रास्कोटमा महात्वपुर्ण काम गरेको वडाध्यक्ष मनिराज वरालले बताए ।
देउडा प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो स्थान ल्याउने समुहलाई पुरस्कार स्वरुप शैक्षिक साम्रगी बितरण गरिएको थियो ।
Discussion about this post