Online News Khabar

शैक्षिक सुधारका लागि सर्वपक्षीय अन्तरक्रिया

921
SHARES
1.1k
VIEWS

कालिकोट जिल्लाको सान्नित्रिबेणी गाउपालिकाको वडा नं १मा रहेको संकर माध्यामिक बिद्यालय सेरीज्युलामा शैक्षिक सुधार गर्न बिद्यालय प्रशासनले एक बृहत सर्वपक्षिय अन्तरक्रिया सम्पन्न गरेको छ । निजि आबासिय बिद्यालय प्रति समुदायको बिस्वास बढ्दै गए पछी सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तरप्रति समुदायको बिस्वास जोगाउन स्थानिय सरकारको पहलमा पछिल्ला केही बर्षमा सामुदायिक बिद्यालयमा पनि ब्यवसायीक तथा सिप मुलक शिक्षा दिन थालिएको छ । सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न रास्कोट नगरपालिकाले पहिलोपटक अघिल्लो वर्ष देखी सरकारी माबि बिद्यालयमा एसईई लाइ लक्षित गरेर आबासिय सुबिधा ब्यवस्थापन गरेको थियो । यो सकारत्मक सिकाइको प्रभाव सबै तिर परेको छ । रास्कोट नगरपालिमा लामो समय शैक्षिक पेसामा आबद्व रहेकी मिना कार्की संकर माबि सेरीज्युलाको प्रधानाध्यापक नियुक्त भएर प्रशासनिक कामकाज समाले पछी गाउपालिकाले पहल नगरे पनि आफ्नो बिद्यालयको शैक्षिक अबस्था सुधार ल्याउन आगामी एसईई लाइ लक्षित गरी बिद्यालयमा एक्स्ट्रा कक्षा सन्चालन गर्न पहल थालिएको अन्तरक्रियामा बताउनु भयो । साधान स्रोतको अभावका बिचबाट पनि समुदायकको सहयोगमा कक्षा ८,९ र १० कक्षाका बिद्यार्थिलाइ बिहान ६ बजे देखी र बेलुका ५ बजे पछि पुन कक्षा सन्चालन गरिने सहमति भएको बिद्यालयका प्रशासन प्रमुख प्रधानाध्यापक मिना कार्कीले बताऊनु भयो ।
आइतवार देेखीनै आभासिय कक्षा सन्चालन हुने
बिद्यालयकाे शैक्षिक गुणस्तर ,शैक्षिक सुशासन कायम गर्न र अागामी चैत महिनामा संचालन हुने SEE , BLE परीक्षालाई मध्यनजर गरी कक्षा 8,9,र 10 मा अध्ययनरत विद्यार्थीका अभिभावक ,वि .व्य .स ,शिक्षक ,बालक्लब र विद्यार्थीसंग सामुहिक छलफल अन्तरक्रिया सम्पन्न गरिएको प्रअ कार्कीले बताउनु भयो । आफुसंग इच्छा शक्ति भए पनि साधान स्रोतको अभावमा बिद्यालय चाहे जस्तो बनाउन नसकेको उहाको गुनासो छ । सामान्यतया खाजाखर्च ब्यवस्थापनमा अबिभावक र शैक्षिक सामाग्री ब्यवस्थापनमा बिद्यालय ब्यवस्थापन समिति र शिक्षकसरहरू तयार भए पछी आइतवार देखीनै दैनिक आभासिय कक्षा सन्चालन हुने बिद्यालयका सुचना अधिकारी खेमराज गिरीले बताउनु भयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंग बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा यस्तो निर्णय भएको गिरिले बताउनु भयो ।
पछिल्ला दिनमा मनपरी बिद्यालयमा आउने शिक्षक बिद्यार्थि र सरोकारवालाको नियन्त्रण ,नियमित स्कुल र अबिभावक ,शिक्षक बिद्यार्थि र बिद्यालयको सम्बन्ध सुधार हुदै गएको प्रतिक्रिया त्यहाका अबिभावकले दिन थालेका छन । अजै बिद्यालयमा शैक्षिक सुधार गर्नु अघि बिद्यालयको वातावरणीय प्रभाव सुधारगर्नु पर्ने भए पनि आफुुले कोरेको बिद्यालयको मार्गचित्र क्रमस पुरा गर्ने सोचमा रहेको प्रधानाध्यापक कार्की बताउनु हुन्छ । बिद्यालयमा आबश्यक पुर्वाधारको ब्यवस्थापन भए ब्यवसायीक प्राबिधिक शिक्षा दिन सकिने र सबै सरोकारवालाको साथसहयोग भए बिद्यालयको शैक्षिक अवस्था नमुना बनाउनेसोच आफुमा रहेको उहाको भनाइ छ ।
अन्तरक्रियामा अबिभावकले बिद्यालयको अवस्था सुधारमा भएको पहल प्रति सम्मान गर्दै अधियानमा सहयोग गर्ने शिक्षक तथा बिब्वसलाइ धन्यवाद दिएका छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित