रमेश सुनार १५, मंसिर – स्थानीय तह उपनिर्वाचनअर्न्तगत कालीकोटको तिलागुफा-४ राचुलीको वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कांग्रेसबाट ३४ वर्षीय पैलबहादुर शाही, एमालेबाट ४६ वर्षीय ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट ३९ वर्षीय खड्कराज शाही र माओवादी केन्द्रबाट नैशोभा शाहीले मनोनययन दर्ता गराएका छन् ।
त्यस्तै, राष्टिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने राष्टिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दिएका छन् ।
चुनावका लागी सम्पुण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटका नि. प्रमुख धनबहादुर मल्लले बताए ।
चुनाव शान्त र धाधली रहित बनाउन मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय राचुलीमै रहेको समेत बताए ।
Discussion about this post