कर्णालीको विकासमा संसदमा एक्लै भएपनी गर्जिरहने छु ः ज्ञानेन्द्र शाही

कर्णालीको विकासमा संसदमा एक्लै भएपनी गर्जिरहने छु ः ज्ञानेन्द्र शाही

 

कर्णालीको विकासमा संसदमा एक्लै भएपनी गर्जिरहने छु ः ज्ञानेन्द्र शाही

 

कालिकोट –  कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्र्तगत राष्ट्रिय प्रजातन्त पार्टीले कालिकोटको सदरमुकाम मान्मम आम सभा सम्पन्न गरेको छ ।
जिल्ला अध्यक्ष हर्षबहादुर मल्लको सभा अध्यक्षतामा संचालन गरिएको भेलामा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्ती कुमारी शाही, सुदुर पश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रबक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौं केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेका छन् ।

आमसभालाई सम्बोधन गर्ने क्रममा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार, कांग्रेस, एमाले र माओवादीका कारण देशले भोग्नु परेको दुरावस्थाका बारे चर्को धारणा व्यक्त गरेका छन् । राप्रपाका नेताहरुले कुनै पक्षलाई पनि निषेध नगर्ने गरी राजा सहितको प्रजातन्त्रका लागि नवीन समझदारी गरिनुपर्ने विषयमा जोड दिएका छन् ।
राप्रपाले पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासंग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियान अन्तर्गत कर्णाली यात्रा गरिरहेका उपाध्यक्ष रविन्द मिश्रले बताए ।

 

यस्तै कार्याक्रममा राष्ट्रिय प्रजातन्त पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले कर्णालीको विकासमा संसदमा एक्लै भएपनी गर्जिरहने बताएका छन् ।
कर्णाली भ्रमणमा रहेका केन्द्रिय अध्यक्ष राजेन्द्र लेङदेल उपाध्यक्ष रविन्द मिश्र लगायतका नेताहरु संगै कालिकोटको सदरमुकाम मान्ममा आयोजित सभामा शाहीले यस्तो बताएका हुन ।
कर्णालीको विकासमा कर्णालीबासीहरुको आवाजलाई म एक्लै भएपनी संसद र काठमाण्डौमा बोलिरहने बताए ।अहिलेसम्म कर्णालीको नाम बेचेर काठमाण्डौमा यसआरम गरिरहेका नेताहरुले कर्णालीका जनताको दुख बुझेनन् ।
यहाको सम्भावना बोकेको कृर्षि वस्तु बुझेनन, जडीबुटी बुझेनन ।
अझैपनी आफु एक्लै भएपनी कर्णालीको आवाज बुलन्द गरिरहेको अठोट व्यक्त गरे ।
कर्णालकिा जनताले सधैभरी उही नेता प्रतिनिधि पठाउनुले जनताले दुख पाएको भन्दै उही मान्छेलाई हैन अव केही काम गर्न सक्ने नेतालाई भोट हालेर पठाउन अपिल समेत गरे ।
सभाको संचालन पार्टी सचिव मदन रोकायाले गरेका थिए भने सभामा पार्टीको नेता तथा कार्यकर्ता जनव्रगिय संगठनका पधाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित फोटो ः
१) सदरमुकाम मान्ममा भएको आमसभालाई संम्बोधन गर्दै प्रवक्क्ता ज्ञानेन्द्र शाही
२) राजेन्द्र लिङ्देन

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित