Online News Khabar

रास्कोटमा स्वास्थ्य शिबिरबाट १५ सय बढीले पाए सेवा

864
SHARES
1k
VIEWS

कालिकोट-  रास्कोट नगरपालिकामा संचालन भएको स्वास्थ्य शिबिरमा एक हजार ५९ जना बिरामीले सेवा लिएका छन । आइतबार देखी मंगलबारसम्म रास्कोट अस्पतालमा संचालन गरिएको निशुल्क शिबिरमा नगरका एकहजार पाँच सय ५९ जना बिरामीहरुले सेवा पाएका हुन् ।

घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ । यही सेवा लिन प्रदेश राजधानी सुर्खेता, नेपालगंज बुटवल, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले रास्कोटमै बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी थिए ।
शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आइरहेको रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले बताए ।

नागरिकको स्वास्थ्यलाई बिशेष ख्याल राखेर नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएरै बिशेषज्ञ सेवा समेत दिन थालिएको नगरप्रमुख शाहीले बताए ।
हाल जिल्लामा सामान्य उपचार बाहेक बिशेषज्ञ सेवा लिन अनेत्र जानुपर्ने अवस्था रहेको छ ।
अहिले जिल्ला वासीको उपचार गर्दै आएको एक मात्र जिल्ला अस्पतालमा हाडजोर्नी र प्रसुती सेवा बाहेक अन्य रोगको बिशेषज्ञ डक्टरहरु छैनन् । जिल्लामा भौतिक संरचना अभावले पनि बिशेषज्ञ सेवा दिन कठिन रहेको छ । जसको लागि अहिले रास्कोटको गौतु अस्पताल बनेपछी सहज भएको छ ।

एकहजार पाँच सय ५९ जना बिरामी मध्यमा अधिकासं महिलामा पाठेघर सम्बन्धीका बिरामी रहेको उपचारमा संलग्न डा. ललितजंग शाहीले बताए । सानै उमेरमा बिवाह गर्ने र गर्भाअवस्थाम मेलापात घाँस दाउरा र आरम नगरी भारी वोक्नु पर्ने वाध्यता रहेको छ । यसले गर्दा शिबिरमा अधिकासं महिलामा पाठेघर सम्बन्धी रोगले ग्रसति भेटिएको डाक्टर शाहीले बताए । वषौदेखी उपचार नपाएका रास्कोट वासीहरुका लागी यो शिबिरले ठुलो राहत भएको उनको भनाई छ ।

डाक्टरफर नेपाल र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाको आर्थिक तथा प्राविधिक सहयोग र रास्कोट नगरपालिका र अस्पतालको समन्वयमा संचालन गरिएको शिबिरमा महिलाहरुको पाठेघर खस्ने समस्या अध्यावधिक रहेकाले यो शिबिर राखेको अस्पतालका व्यवस्थापन कौशल न्यौपानेले बताए । शिबिरमा स्त्री रोग हाड जोर्नी तथा परिवार नियोजन सम्बन्धी उपचार तथा जाँच गरिएको थियो ।
बिषेश गरी दुर्गममा महिलाहरुमा पाठेघरखस्ने समस्याले ग्रसित हुने गरेका छन। यस्ता खाले समस्याहरुको उपचारको लागी नगरपालिका संग सल्लाह गरेर शिबिर संचालन गरेको व्यवस्थापक न्यौपानेले बताए ।
डाक्टर फर नेपालका फाउण्डर लगानीकर्ता विदेशी नागरिक प्रसुती रोग विषेशज्ञ डाक्टर केटयारोले दुर्गमका जिल्लामा बसोवास गर्ने महिला लक्षित सेवा दिँदै आउनु भएको छ । रास्कोटमा जारी शिविरमा गाईनोका समस्याका ५१८ जना र हाडजोर्नीका ५०३ जना गरि एक हजार २१ जनाले सेवा लिएका छन् ।
तिनदिने शिबिरको समापन समारोहमा नगरप्रमुख धर्मराज शाहीले हाम्रो जस्ता दुर्गम क्षेत्रमा पहिलो आवश्यकता भनेको स्वास्थ्य शिक्षा नै हो । औषधी ृउपचार नपाएर कोही कसैले मुर्न पर्ने अवस्था नआवस भनेर हामिले महिनाको एक पटक सवै वडामा स्वास्थ्य शिबिर संचालन गरिरहेका छौ । नियमित नगरपालिकाले दिने स्वास्थ्य सेवा आधारभुत हो । यस्ता खाले शिबिरकाट दृर्घ रोगी र स्त्रिरोग सम्बन्धी रोगको उपचारको लागी यो शिबिरको आयोजना गरेका हौ प्रमुख शाहीले बताए ।

सम्बन्धित फोटो ः
१) निशुल्क शिबिरमा उपचार गराउन आएका महिलाहरु

२ चेकजाँच गराउदै स्थानिय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित