Online News Khabar

स्वास्थ्य सेवाबाट कोहीपनी नागरिक बन्ञ्चित हुन दिदैनौ – नगरप्रमुख शाही

861
SHARES
1k
VIEWS

कालिकोट – रास्कोट नगरपालिका का नगरप्रमुख धर्मराज शाहीले स्वास्थ्य सेवाबाट कोही पनी नागरिक बन्ञ्चित हुन नदिने बताएका छन ।
रास्कोट नगरपालिकाको रास्कोट अस्पतालमा सोमवार स्वास्थ्य शिबिरको उद्घाटन गर्दै प्रमुख शाहीले यस्तो बताएका हुन् ।
नगरपालिकाले पनी नियमित रुपमा वडा वडामा स्वास्थ्य उपचार कार्यक्रम संचालन गरिदिै आएको भन्दै यस शिबिरले नगरवासिहरुको लागी ठुलो राहत हुने बताए । उपचार नपाएर कोही पनी नागरिकले मर्नु नपर्ने उनले बताए ।
अधिकांस महिलाहरुको ठुलो समस्या भनेकै पाठेघर सम्बन्धी समस्याले ग्रस्त भएकाले हामिले समन्वय गरी डाक्टर फर नेपाल र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान संग सल्लाह अनुसारनै यो बृहत शिबिर संचालन गरेका छौँ। यो शिबिरबाट हाम्रो नगरवासिले ठुलो राहत पुग्ने बताए ।
यस्तै कार्यक्रममा नगर उपप्रमुख मनिराज वरालले दुर्गममा अधिकासं बिरामी महिला हुने गरेका छन । विषेश गरी महिलाको पाठेघर समबन्धी समस्या देखेरै यो शिबिरको संचालन गरेका छौँ ।
शिबिर उद्घाटन कार्यक्रममा प्रदेश अस्पताल सुर्खेतका डाक्टर ललितजंग शाही लगाएतका बिषेश्यज्ञ डाक्टरहरुले उपचार दिने छन ।शिबिर ७ गतेसम्म संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित