Online News Khabar

८४ पछी देशको नेतृत्व एमाले गर्छ ः नेता बोगटी

863
SHARES
1k
VIEWS

कालिकोट – नेकपा एमालेका स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले मिशन ८४ सालपछी देशको नेतृत्व नेकपा एमालले गर्ने बताएका छन् । कालिकोट जिल्लाको जिल्ला कमीटी बैठकलाई सम्बोधन गर्न कालिकोट पुग्नु भएका नेता बोगर्टीले प्रेस चौतारी नेपाल कालिकोटले आयोजना गरेको पत्रकार भेटघाटमा यस्तो कुरा बताएका हुन । गएको चुनावमा कुनै पार्टीको स्प्रस्ट बहुमत नआउदा सरकार बनाउने र भत्काउर्नै खेलमा समय गयो अव मिशन ८४ पछी नेकपा एमालेले स्पस्ट बहुमत ल्याएर मात्र देशले विकास पाउने जिकिर गरे । देशले बिकास र निकास पाउन पहिला त स्पस्ट बहुमत नै चाहिन्छ । त्यो हुन सकेन जसले गर्दा सरकार बनाउने र भत्काउने खेलमै समय गयो । अहिले पनी वर्तमान सरकार नेपाली कांग्रेस र एमालेको भएतापनी यो चुनावी समिकरणका लागीस् बनेको छैन । देशको आवश्यकताका आधारमा बनेको छ । चुनावमा जानको लागी स्वार्थ मात्र नभई देशमा आएका बाधा र समस्याको सावधानका लागी सरकार बनेको छ । वर्तमान सरकारले बिगतका गलत र कमीकमजोरी लाई सुधार गर्दै नयाँ कामको केही थालनी पनी गरेको छ नेता बोगटीले भने । पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतीथी समेत रहेका बोगर्टीले आफुले कर्णाली प्रदेशको पार्टी इन्चार्जको नयाँ जिम्मेवारी पाएपछी कर्णालीका दशै वटा जिल्लामा पुगेर संगठन निर्माण र सुधिकरणका लागी जिल्ला जिल्ला पुग्ने गरेको समेत बताए । यस्तै कार्यक्रममा पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले नेकपा एमाले बिधि, बिधान र पद्धतीका आधारमा काम गर्ने पार्टी भएको बताए । जुन नेकपा एमाले २०५४ को जस्तै बलियो र शसत्त थियो फेरी पनी उस्तै बनाउन कर्णालीका दशवटै जिल्लामा संगठन सुर्धिकरण र निर्माणमा लागेको बताएका थिए । कार्यक्रममा कालिकोट जिल्ला पुर्व पार्टी इन्चार्ज नवराज रावत, वर्तमान जिल्ला इन्चार्ज नगिन्द्र शाही (नेशनल) पार्टीका केन्द्रिय परिषद् सदस्य तथा पुर्वमन्त्री कुर्मराज शाही, पार्टी अध्यक्ष तुलाराज मल्ल, प्रदेश कमिटि सदस्य मानव बम, पंखबहादुर मल्ल, तपेन्द शाही, बेलकोशा शाही, नेता दयाराम सिम्खाडा, कामलकुमार शाही, प्रेस चौतारीका नेता कालीबहादुर मल्ल, प्रेमराज सिम्खाडा लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपालका कालिकोट जिल्ला अध्यक्ष बिश्वनाथ सिम्खाडाको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित