Online News Khabar

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

889
SHARES
1k
VIEWS

कालिकोट – अविरल बर्षाको कारण पहिरोले कर्णाली राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । बुधवार बेलुकीदेखी परेको अविरल वर्षाले राजमार्ग स्थित कालिकोटको दहिखोला, यासमोड, मेअरखोलामा ढुङ्गा सहितको पहिरो गई सडक अवरुद्ध भएसँगै कालिकोटको गगनेखोलामा ठूलो पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोले कालीकोट खण्ड पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई समस्या भएको छ । सुर्खेतबाट आउने यातायातका साधन गगनेखोलामै थन्किएकाले कालीकोट सदरमुकाम मान्मबाट अन्य जिल्ला र स्थानमा जाने यात्रु सदरमुकाममै अलपत्र छन् । पहिरो गगने खोला सँगै हुल्मवाजर, एसमोड, दहिखोला लगायतका ठाउँमा झरेको छ । उता कर्णाली करिडोरको रेगिल, फुगाढ लगायतका ठाउँमा आएको पहिरोले करिडोर समेत अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कालीकोटका प्रमुख प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले सबै भन्दा ठुलो पहिरो झरेको गगनेखोलामा दुई वटा एक्स्काभेटर लगाएर पन्छाउने काम भइरहेको बताए । मौसम सफा देखिएकाले आजै सडकलाई सुचारु गराउन सकिन्छ भनेर भन्न सकिने अवस्थामा रहेको छ । थप पानी नपरेको खण्डमा आजै सडक खुल्न सम्भवतः त ठुलो पहिरो पन्छाउने बित्तिकै स साना पहिरो गाडी सगसगै पन्छाउँदै सडक सुचारु गराउने प्रयासमा रहेको बताए ।
सडक सुचारु गर्नका लागि हेभी इक्वीपमेन्टहरु परिचालित भइसकेको र सडक सुचारु गर्न केही दिन समय लाग्ने भएकोले सूचारु हुने डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
अवरुद्ध फोटो ः
१) अविरल वर्षाले गगने खालामा आएको ठुलो पहिरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित