Online News Khabar

स्वास्थ्यकर्मी तुलराज र शंकरको पहलमा रास्कोटमा निशुल्क विशेषज्ञ शिविर सम्पन्न

1.1k
SHARES
1.2k
VIEWS

कालिकोट – फुकोट स्वास्थ्य चौकीको आयोजना र पुष्पन हेल्थ नेपालको प्राविधिक सहयोगमा निःशुल्क भिडियो एक्सरे शिविर फुकोट स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
कार्यालयका अध्यक्ष एवं वडा अध्यक्ष धन बहादुर धामी ज्युको अध्यक्षता , डा.पुष्पराज रिजाल ज्युको प्रमुख आथित्यता र यस कार्यालयको व्यवस्थापनमा सफलता पुर्वक सम्पन्न भएको हो।, फुकोट स्वास्थ्य चौकीले पुष्पन हेल्थ नेपाल सँग समन्वय गरि दाङ जिल्लाको राप्ती लाइफ केयर अस्पतालमा कार्यरत दाङ जिल्लाकै दक्ष एवं अनुभवी वरिष्ठ रेडियोलोजिष्ट डा.पुष्पराज रिजाल ज्युको टिमले सेवा प्रदान गर्नु भएको थियो ।

रास्कोट नगरपालिका वार्ड नम्बर –८,वार्ड नम्बर –९ ,पलाँता गाउँपालिका र बाजुरा जिल्लाका समेत सेवाग्राहीहरुले सेवा लिएका छन ।
शिबिरमा ९७ जना मध्ये गर्भवतीहरु २४ जना र अन्य पेट सम्बन्धि समस्या भएका ७३ जनाले सेवा लिएका छन । गर्भवती एवं पेट सम्बन्धि समस्या भएका विरामीहरुको भिडियो एक्सरे गरि स्वास्थ्य परिक्षण सँगै समस्या भएकाहरुको पहिचान समेत गरेर आवश्यक सल्लाह सुझाव र उपचार समेत लिएका थिए ।

गर्भवती –४ जनाको जटिलता जसमध्ये १ जनाको अनिवार्य अपरेसन गर्न सल्लाह र २० जनाको सामान्य अवस्था ।
पेट सम्बन्धि –३९ जनाको विभिन्न समस्या देखा पर्यो धेरै जसो महिलाहरुको पाठेघरको समस्या , मृगौला र पित्तथैलीको पत्थरी ,२ जनाको मुटु सम्बन्धि समस्या,३ जनाको कलेजोमा समस्या लगायत अन्य समस्याहरु देखा परे जसमध्ये मुटु सम्बन्धि समस्या भएकाहरुलाइ जतिसक्दो चाँडो मुटु रोग विशेषज्ञ कहाँ जचाउन जान सुझाव , १ जना १५–१६ ःः पत्थरी भएको विरामीलाई थप जाँचको लागि अस्पताल जान र सक्दो चाँडो अपरेसनको तयारी गर्न सुझाव । १ जनाको एउटा मृगौलामा अलि बढी नै समस्या देखिएकोले ऋत्–क्ष्ख्ग् गर्न सुझाव र ३५ जनाको सामान्य अवस्था ।
विशेषज्ञ डाक्टरले गाउँमै निशुल्क सेवा प्रदान गर्नु र सेवाग्राहीले सेवा पाउनु अत्यन्तै धेरै सुखद अवसर भएको स्थानियले बताएका छन ।

हिबिर पहलकर्ता शंकर वरालले हाम्रो अनुरोधलाई सहजै स्वीकार गरेर विशेषज्ञ सेवा प्रदान गर्न यहाँ सम्म आउनु हुने आदरणीय डा.पुष्पराज रिजाल ज्युलाइ आभार सहित धेरै धेरै धन्यवाद व्यक्त गरे।
समन्वयमा महत्त्वपूर्ण भुमिका खेल्नुहुने र आफै सेवामा खटिनु भएका दाङमा फार्मेसी अध्ययनरत रास्कोट नपा–९ थोल्म निवासी तुलराज बराल लाई पनि धेरै धेरै धन्यवाद । शिविरको प्रचारप्रसार गर्नहुने स्वयंसेविकालाइ समेत धन्वाद दिए ।

शिविरको दिन दिनभर खटनु हुने हाम्रो सम्पुर्ण स्टाफहरु र भिडियो एक्सरे मेसिन उपलब्ध गराउने स्वास्थ्य शाखा रास्कोटलाइ पनि धेरै धेरै धन्यवाद छ वरालले बने ।

यो शिविरको समन्वय गर्ने देखि व्यवस्थापन गर्ने मुख्य धन्यवादको पात्र दाङमा फार्मेसी अध्ययनरत रानपा–९ थोल्म निवासी तुलराज बराल र यस कार्यालयमा कार्यरत सिनियर अहेव शंकर प्रसाद बराल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित