Online News Khabar

एमाले शुभकालिकाद्धारा गाउँपालिकालाई १५ बुधे ज्ञापन पत्र

867
SHARES
1k
VIEWS

कालिकोट – नेकपा एमाले शुभकालिका गाउँ कमिटीले गाउँपालिका सरकारलाई १५ बुधे ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँ कमिटिी अध्यक्ष जनक सेजुवाल लगायतको टोलीले गाउँपालिकामा पुगेर नि.प्रमुख प्रशासकिय अधिकत केन्द्रबहादुर शाही र गाउँपालिका उपाध्यक्ष धर्मकला शाहीलाई शुसासन, पार्दशिकता र कानुन सम्वत रुपमा सरकार संचालन गर्न १५ बुधामा तयार पारिएको ज्ञापनपत्र बुझाएको एमाले लेखा आयोग कालिकोट जिल्ला सचिव कर्णबहादुर केसीले जानकारी दिएका छन् ।
वर्तमान सरकार संचालन देखी अहिलेसम्म कुनैपनी कामहरु जनपक्षिय र कानुन सम्वत रुपमा नभएकाले खवरदारी स्वरुप पटक पटक खवरदारी गर्दै आएपनी अझै नसच्चिएकाले १५ बुधामा ध्यानाकर्षण पत्र बुझाएका हौ केसीले भने ।
१५ वटा बुधामा २०८०÷०८१ को कुनै पनी योजना तथा गतिबिधीको सार्वजनिक सुनुवाई नगरिएको, गाउँपालिकाले उधारो काम गराएका योजनाहरुको रकम भुत्तानी दिनु पर्ने, प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम पार्दशसी हुनुपर्ने, महालेखा परिक्षकले उल्लेख गरेको बेरोजु बारे तत्काल नागरिकलाई जानकारी गराई तत्काल सम परिक्षण वा असुलउपर गरिनु पर्ने, वडा र्न ७ मा वडा कार्यालयको लागी ५ वटा घरहरु भाडामा लिएको आवश्यक १ घरमा कार्यालय संचालन गरिनुपर्ने, वडा र्न १ मा सार्वजनिक भवन हुदाहुदै निजी घरमा कार्यसंचालन बन्द गरिनु पर्ने लगायतका मागहरु रहेको एमाले पालिका अध्यक्ष जनकबहादुर शाहीले बताए ।
एमाले पार्टीका मात्र माग नभएर आम जनताका मागहरु भएको हुनाले तत्काल सरकारले उल्लेखित १५ बुधे मागहरु कार्यान्वयन गर्न माग गरे । यदी जनताका मागहरु संवोधन नभए चरणवद्ध रुपमा आन्दोलनका कार्याक्रम समेत संचालन गर्ने सेजुवालले चेतवानी दिए ।
पछिल्लो समय सरकार संचालनको हिसावमा अन्य पालिका भन्दा मनपरी तथा गैरकानुनी तवरमा शुभकालिकाको सरकार संचालन भइरहेको आम नागरिकको वुझाई रहेको छ । बितेको दुर्य वर्ष यता जनप्रतिनिधिको आन्तरिक भागवण्डा नमिल्दा पटक पटक बिवाद उत्पन्न भइरहेका छन । बिवादका कारण पालिकाको बिकास हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित