Online News Khabar

अल्पसंख्यक सम्वन्धि प्राथमिक तालिम सम्पन्न  

879
SHARES
1k
VIEWS

कालिकोट – यौनिक तथा लैैगिंक अल्पसंख्यक बालबालिका र समुदायको अधिकार सम्वन्धि प्राथमिक सेवा प्रदायकका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आइतबार सान्नी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको साझेदारीमा संचालित रंगिन परियोजनाको आयोजना र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो ।  यौनिक तथा लैगिंक अल्पसंख्यक बालवालिका तथा समुदायको हक अधिकार,समाबेशि बाताबरण,सामाजिक व्यवहार परिर्वतनमा,स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, प्नहरि र नागरिक समाजको भुमिका महत्वपुर्ण रहन्छ भन्ने विषयमा तालिममा छलफल भएको छ । तालिममा LGBTIQA+ सम्बन्धि र संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका विषयमा उल्लेख गरिएको भएपनि उनिहरुका लागि आवश्यक कानुन बन्न सकेको छैन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजमा विभिन्न नाम दिने गरिन्छ जस्ले गर्दा उनिहरु आफु अपहेलित भएको महशुस गर्छन । उनिहरु समाजमा खुलेर आउन पनि सक्दैनन् । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संख्या करिव दुई हजार नौ सए अठ्ठाईस  रहेको पाइन्छ । विकसित क्षेत्रमा केहि व्यक्ति खुलेर आफ्नो अधिकार प्राप्तिको लागी पैरवि गदै आएका छन भने धेरै संख्यामा विभिन्न कारणले समाजमा अझै पनि खुल्न सकेका छैनन् ।

 यीनीहरुप्रति समाजले हेर्ने दृष्टिकोण र दिने उपनामहरुलाई परिवर्तन गरि अन्य व्यक्ती सरह उनिहरुलाई सहज वातावरण बनाउनका लागि रंगिन परियोजनाले कालिकोटका २  वटा स्थानिय तहमा कार्यक्रम संचालन गर्दै आएको परियोजना संयोजक जगत उपाध्यायले बताए । उनले भने हाम्रो समाजको लागी यो कुरा नयाँ र संबेदनसिल भएकाले त्यो समुदायको गोपनियतालाई ध्यानदिदै आवस्यक सहयोग गर्नु पर्ने,  हाल उक्त परियोजना सान्नी त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा  सचेनामुलक कार्यक्रम गर्दै आएको बताए  ।

 यौनिक तथा लैंगिंक अल्पसंख्यक समुदायका व्यक्तीले सहज रुपमा नागरिकता लिन, राहदानी पासवर्ड बनाउन पाईरहेका छैनन् । नेपाली नागरिकतामा महिला पुरुष र अन्य भनेर मात्र उल्लेख गरिएको छ तर कानुनि बाध्यताका कारणले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायले  महिला वा पुरुष मध्य एक रोजेर नागरिकता  लिनुपर्ने बाध्यता सुजना भएको छ ।

 समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान भएमा समाजको हेर्ने देष्टिकोण फरक पर्ने र उनिहरुलाई विभिन्न उपनाम दिएर जिस्काउने र उनिहरु हिंसामा पर्ने भएको हुँदा त्यस्ता व्यक्तीहरुलाई समाजमा सहज वातावरण बनाउन हरेक व्यक्तिको दाईत्व र जिम्मेवारी भएको भन्दै सचेना अभिवृद्धिका कार्यक्रम संचालन गर्दै आएको शान्नि त्रिबेणी गाउँपालिका का उपाध्यक्ष पार्वति सिंहले बताईन । यो क्षेत्रमा स्थानिय सरकार पनि क्रियासिल भएर लाग्ने सिंहले प्रतिवद्धता जनाएकि छन् । हरेक बालवालिका विद्यरयालयमा पनि अध्यनरत छन । उनिहरुलाई विद्यालयमा पनि उपयूक्त बातावरण सृजना गर्न सहज हुने भन्दै  विद्यलायका गुनासो सुनुवाई समितिका फोकल शिक्षक हरुको क्रियाशिल्ताको आबस्यकता रहने सादा नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत नमराज योगीले बताए । उक्त तालिमको जिल्ला  बार कालिकोटका अध्यक्ष तथा अधिबक्ता अमलराज शाहीले सहजिकरण  गरेका हुन ।  सो  तालिम केहिदिन पहिले रास्कोट नगरपालीकामा पनि सम्पन्न भएको थियो । स्थानिय तहले पनि यस्ता समुदायलाई विभिन्न किसीमका हिंसा र अपहेलनावाट जोगाउनका लागि जनचेतना जोगाउनु पर्ने र समाजका हरेक नागरिकहरुले उनिहरुलाई राम्रो व्यवहार गर्नु पर्नेमा जोडदिदै यो परियोजना नयाँ र नौलो भएकाले स्थानिय तहको तर्फबाट भरपुर सहयोग हुने रास्कोट नगरपालीकाका प्रमुख धर्मराज शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित