कालिकोट – हाम्रो समाजमा अझैपनी महिलाहरु चुलो र चौकोमा मात्र सिमित रहेको जताजतै पाइन्छ । अझ त दुर्गंमका महिलाहरु काँही कतै छुटपुट रोजगारी बाहेक अधिकासं महिला चुलो चौको र मेलापतमै व्यस्त रहेको पाइन्छ ।
तर कालिकोटकी निर्माण व्यवसायी तारा शाहले भने पुरुष प्रदान समाजलाई उछिल्दै एक शाहासी नारीका रुपमा उदाहरण बनेकी छन् ।
२० वर्षको उमेरमा स्थायी शिक्षक बनेर जागिरे जिवनको बिस वर्ष पुरा गरेर निर्माण क्षेत्रमा लागेकी शाह अहिले यो क्षेत्रमा एक उदारणिय नारीका रुपमा स्थापित छन ।
सदरमुकाम मान्मको महादेव आधारभुत विद्यालयमा शिक्षक पेषा गदै गर्दा निर्माण सेवामा लागेकी शाहले अहिले जिल्लामा भौतिक निर्माणका क्षेत्रमा अव्वल छन् ।
जिल्लामा उनले दश वटा ठुला करोडौ लागतका बिल्डिङ निर्माण संगै अन्य सडक र पुर्वाधार निर्माण गरेकी छन । महिलाले पनी मेहनत र साहास गरे पुरुषभन्दा पनी बढी काम गर्न सकिदो रहेछ भन्ने कुराको पुष्टी गरेकी छन ।्
उनले अहिले सम्म जिल्लामा दुई अर्व भन्दा बढी लागत र अन्य जिल्ला गरी तिन अर्व लागतका आयोजनाहरु निर्माण गरिसकेका छन ।
उनी भन्छन, ‘काम गर्दाखेखी विभिन्न चुनौती र समस्याहरु आए तर, ति सवै चुनौतिको सामना गरे । पुरुष भन्दा महिला मान्छेलाई समाजमा काम गर्न समस्या हुदो रहेछ मैले महसुश गर्न पाए । गरेपछी असम्भव केही नहुदो रहेछ ।’
मैल आफ्नोे सुपरस्टार कन्टक्सन प्राली बाट निर्माणका कामको थालनी गरेकी हुँ । अहिले जेवी सम्म आफ्नो फर्म बनाएकी छु । एक त म महिला त्यसैमा दुर्गममा काम गदा हरेक चुनौती झेले अहिले जिल्लामा सरकारी देखी गैरसरकारी निकायसम्मका सवै निर्माण गरेकी छु ।
उनले सदरमुकाममा रहेका जिल्लाका जिल्ला प्रशासन कार्यलयको भवन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्लाको ठुलो एकिकृत भवन, नापी कार्यालय,जिल्ला वन कार्यालय, जिल्ला वन कार्यालय, महिला विकास कार्यालय र जिल्ला अस्पतालको भवन निर्माण गरेककी छन। सदरमुकाम संगै जिल्लाका सडकमा पनी उती काम गरेकी छन ।
दुर्गममा एक नारीले गरेको कामलाई प्रशंसा गरेर एशियान अवार्ड देखी अन्य पाँच वटा अवार्ड समेत शाहले पाएकी छन ।
जिल्लामा एक मात्र जिल्ला अस्पताल जस्तो ठाउँमा टिनकै छाप्रोमा सेवा दिरहदा सेवा प्रवाहमा समस्या झेल्दै आएको जिल्ला अस्पतालमा पहिलो पटक लिफ्ट सहतिको भवन निर्माण भएपछी सेवा प्रवाहमा सहज हुने भएको छ । शाह नेपाली कांग्रेसकी नेता समेत हुन ।
सम्बध्ति फोटो ः
१) निर्माण व्यवसायी तारा शाहले निर्माण गरेको जिल्ला अस्पतालमा भवन।
२) सदरमुकाम मान्ममा रहेको एकिृत भवन
जिल्ला समन्वय समितिको भवन जिल्ला प्रहरी कार्यालयको भवन ।
Discussion about this post