Online News Khabar

पत्रकारलाई दुई दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

876
SHARES
1k
VIEWS

चैत ८,कालिकोट पत्रकारहरुका लागी दुई दिने आधारभुत पत्रकारिता सम्बन्धी तालिम सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
दलित महिला संघ कालिकोटको आयोजनामा संचालन गरिएको तालिममा कालिकोटका २० जना पत्रकारलाई आधारभुत पत्रकारिता सम्बन्धी पुर्नताजकिय तालिम दिइएको हो ।

प्रशिक्षक तिर्थराज न्यौपाने, नेपाल टेलिभिजनका निर्मल अधिकारी लगायतले आधारभुत पत्रकारीता, फोटो पत्रकार, र टेलिभिजन संचालन सम्बन्धी कुराहरुको वारे प्रस्ट पारेका थिए ।

कर्णालीका महिला , दलित उत्पिडत समुदायको अधिकारको लागी हरेक सवाल र विषय वस्तुहरुको वारेमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको थियो । फेडो नेपालका जिल्ला संयोजक रमेश नेपाली, संस्थाका उपाध्यक्ष प्रेरण विक, नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट लगायतका पत्रकारहरुको सहभागितामा तालिम सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित