कालिकोट – ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पु¥याउन सहज भएको छ । जिल्लाको स्याउ उर्भर भुमी तिलागुफा नगरपालिका–४, र १० मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ ।
अहिले कामखेत, भातडी र छनाडा, भिग्मका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा राजमार्ग र नगरपालिका केन्द्रमा पु¥याउँछन् । जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पु¥याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको अगुवा किसान टेकराज शाहीले बताए ।
‘सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर ट्रयाकओपन गरिएको छ’, उनले भने, ‘ट्रयाकओपन गरिएको बाटामा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल हिँडेर भिग्म, गाल्जे बजार, लगायतका ठाउँमा जाने गर्थ्यौं।’ तरकारी बजार पु¥याएर फर्कँदा बाटामै झमक्कै रात पर्ने गरेको उनले बताए । अहिले रोपवे संचालन हुदा निकै सहज भएको छ । ९ किलो मिटरको बाटो प्रदल हिँडेर सामान बोकेर हिड्नु पथ्यो अहिले २ मिनेटमै सामान सडकमा झर्छ ।
धनाडाका अर्का किसाने कृष्न न्यौपानेले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहँदारहँदै पनि बजार पु¥याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताए।
यहाँका किसानलाई लक्षित गरेर रोपवे निर्माणको काम सुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको न्यौपानेले बताए।
किसानले उत्पादन गरेका स्याउ, सिमी, आलु बन्दा, काउली, मुला, काँक्रा प्रशस्त मात्रामा उत्पादन भएको छ’, उनले भने, ‘बारीबाट तरकारी टिपेर प्याक गरी रोपवेमार्फत अचेल दुई मिनेटमा राजमार्गमा पु¥याउने गरेका छौं।’
किसानलाई रोपवेले आफूले उत्पादन गरेको उपजलाई बजारसम्म पु¥याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन्।
रोपवे सञ्चालनमा आएसँगै तिलागुफा नगरपालिका, राचुली, धनाडा, भिग्म र कामखेतका किसानलाई कृषि नमूना गाउँ बनाउने गरी योजना बनाइरहेको नगरप्रमुख शंकरप्रसाद उपाध्यायले बताए । रोपवेले अझै पनी काम गरिरहेको छ पहिला पनी यो निकै प्रभावकारी नै थियो । यो संगै केही वडासम्म सडक पुगाइ सकेमा छौँ र केही टोल टोलमा सडक पुगाउने तयारीमा छौँ ।
सम्बन्धित फोटो ः
१) तिलागुफाको धनाडा देखी भातडीसम्म संचालन गरिएको रोपवेमा कृषि वस्तु ढुनानी गरिदै ।
Discussion about this post