Online News Khabar

खुलेरै यौनका कुरा गर्छन किशोर किशोरी

869
SHARES
1k
VIEWS

कालिकोट – यौनावास्थाका किशोर तथा किशोरीहरु यौन तथा प्रजनन् अधिकारका विषयमा खुलेरै कुरा गर्न थालेका छन् ।
किशोर अवस्थामा यौन तथा प्रजनन् अवस्थामा हुने शारिरिक वृद्धी विकासका सवालमा लजाउने यहाँका किशोर तथा किशोरीहरु पछिल्लो समय खुलेरै आफ्नो समस्या भन्ने र कुरा राख्न थालेका हुन ।
विषेश गरी शारिरिक वृद्धी विकास हुने अवस्थामा विद्यार्थीहरु आफ्नो यौना तथा प्रजनन्का विषयमा लजाउन र डर मान्ने प्रवृती रहेको थियो ।
रास्कोट नगरपालिकाका र शान्नि बिवेणी गाउँपालिकाका विद्यालयमा हरुमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेपछी खुलेरै कुरा गर्ने गरेका छन ।
विषेश गरी रास्कोट र शान्नी त्रिवेणी र नरहरीनाथका माध्यामिक तथा उच्च माध्यमिक विद्यालयमा दिउँसोको खाजा समयमा एक घन्टे प्रजनन स्वास्थ्य सेवा थालेपछि यहाँका किशोर–किशोरीमा परिवर्तन देखिएको हो ।

यौन तथा प्रजनन् अवस्थाका वारे किशोर–किशोरीलाई छुट्टै कक्षमा राखी यौन तथा प्रजनन् शिक्षा दिन थालेपछी किशोर तथा किशोरीहरुले यौनका वारेमा खुलेरै समस्या राख्ने र बोल्ने गरेको बाल बिवाह छिटो गरिने विवाह र जवजस्ती गरिने विवाह न्युनिकरण परियोजनाका फिल्ड सुपरभाइजर अक्कश ब ल रोका मगरले बताए ।“विविध कारणले यौन र प्रजननका समस्या अभिव्यक्त गर्न नसकेकालाई प्रोत्साहित गर्न छुट्टै कोठा, ट्वाइलेट र विद्यालय नजिकको स्वास्थ्य चौकीलाई छानेर केन्द्र स्थापना गरी कार्यक्रम चलाइएको हो” – उनले भने ।

कतिपय कुरामा किशोर किशोरीले आफ्ना कुराहरु खुलेर नभन्नाले विद्यालय पठनपाठनमा समस्या हुने र आफ्ना समस्याहरु नभन्ने गरेका थिए । कक्षा स्थापना गरी प्रशिक्षण दिनाले अहिले खुलेरै कुरा गर्छन सो कार्यक्रमले किशोर–किशोरीमा सकारात्मक परिवर्तन ल्याएको छ । कार्यक्रमको सुरुमा चुनौती नआएका भने होइनन् ।

नरहरीनाथ ₋३ कुमालगाउँकी शन्तोसी वुढा सुरुवाती दिनमा किशोर–किशोरीमैत्री कार्यक्रममा सहभागी हुँदा आमाले छोरी बिग्रिई भनी गुनासो गरेको सम्झन्छन् । विषय अश्लीलजस्तो लागे पनि कार्यक्रमले शन्तोशीमा सकारात्मक प्रभाव परेपछि

आमा खुसी छन् ।

“सुरुमा मलाई गाली गर्ने आमा कार्यक्रमको सकारात्मक प्रभावबाट प्रभावित भएर कार्यक्रममा सहभागी हुन थालेका छन् छ”, शन्तोसीले भनिन् – “कार्यक्रममा सहभागी युवा विकृतिमा लाग्लान् भनेर डराएका अभिभावकलाई नै कार्यक्रममा सहभागी किशोर– किशोरीले कुलतबाट छुटाएका उदाहरण हाम्रो गाउँमा छ ।”

कार्यक्रममा सहभागी युवाको पहलमा जिल्लामा बाल विवाह रोकिएको छ । विद्यालय छोडेर कुलत उन्मुख भएका बालबालिका पनि फेरि विद्यालय फर्र्किकन थालेका छन् । किशोर वयश्कमा हुने शारीरिक परिवर्तन र यौनका कुरा लुकाएर होइन, जानकारी गराएर गलत बाटोबाट सही मार्गमा हिँडाउन सकिन्छ भन्ने प्रमाणित भएको शान्तोसी बताउँछन् । उनी निर्धक्क आफ्ना समस्या लिएर स्वास्थ्य चौकीको युवामैत्री कक्षमा जाने गरेको बताउँछन् ।

“अधिकांश किशोरीको समस्या महिनावारी, तल्लो पेट दुख्ने, टाउको दुख्ने, रिङ्गटा लाग्नेलगायत हुन्छ, युवामैत्री स्वास्थ्य संस्थाको कक्षमा गई परामर्श लिएपछि किशोरीमा खुसीसाथ जीवनयापन गर्ने शक्ति मिलेको अनुभव गरेकी छु” – उनले भनीन् ।
हामिले कक्षा कोठामा स्वास्थ्य विषय जती पढाएपनी खुलेर कुरा कुरा गरेनन् अहिले छुटै कक्षा कोठा स्थापना गरी उही उमेर समुहका प्रशिक्षण राखेर कलास दिदा यौन तथा प्रजनन् अवस्थाका कुरा खुलेरै गर्न थालेको नरहरीनाथको नन्दादेवी माविका प्रधानाध्यापक रत्नसिंह साउँदले बताए । हुरेन्डेक नेपालको सहजिकरण, पलान नेपालको सहयोगमा यो परियोजना संचालन रहेको छ ।
सम्बन्धित फोटो ः
१) यौन तथा प्रजनन अधिकारका सवालमा किशोरी किशोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित