Online News Khabar

बालविवाह बिरूद्व टाेल टाेलमा बालबालीका

881
SHARES
1k
VIEWS

कालिकोट – रास्काेट नगरपालिकामा वालविवाह विरूद्व टाेल टाेलाा किशाेर तथा किशोरी जागेका छन् ।

बालबिवाह रोकथाम तथा न्युनिकरण का लागि समुदायमा सचेतना र्याली गर्दै रास्काेट नगरपालिका ४ मा किशाेर तथा किशोरी जागेका हुन ।

वडा बालअधिकार समिति द्वारा रास्कोट नगरपालिका वडा नं ४ मा वृहत समुदायमा सचेतना र्याली गरिएको हुरेन्डेक नेपालका फिल्ड सुपरभाइजर अनिता भारतीले बताईन ।
बाल बिवाह गर्नु हुदैन, बालविवाहले पुराउने हानि नाेक्सानि बारे सचेतना दिने र बाल बिवाह न्युनिकरणका लनगी वडा पालिकाले पनि बाल बिवाह गरेमा राज्यबाट पाउने सेवा सुविधा समेत बन्द गर्ने वडाअध्यक्ष दिनेश संज्यालले बताए । २० वर्ष पछि विवाह गरेमा प्राेत्सान र उमेर नपुगि बिवाह गरेमा सेवा सुविधाबाट बञ्चित गर्ने बताए ।
पहिलेभन्दा पछिल्लो समय बाल विवाहमा कमि आएकाे छ । अव वडाबाट दिने शिफारिसमा पनि मापदण्ड लगाउने अध्यक्ष संज्यालकाे भनाई छ ।

प्लान इन्टरनेश्नल नेपालको सहयोगमा र हुरेन्डेक नेपालकाे साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बालबिवाह रोकथाम सम्बन्धी सचेतना कार्यक्रम सम्पन भएको छ। कार्यक्रम मा वडा बालअधिकार समिति का पदाधिकारी, नागरिक समाज, किशोरी र समुदायको उपस्थिति मा घर दैलो र्याली गरिएको भारतिले बताईन ।

यसै गरि रास्काेट नगरपालिका ४ र ५ मा बाल बिवाह बिरूद्व हस्ताक्षर अभियान पनि सुरू गरिएको छ ।
नगरपालिकाकाे ४ र ५ मा बालविवाह न्यूनिकरण गर्न हस्ताक्षर कार्यक्रम संकलन गरिएको छ ।

समाजमा कुपर्थाको रुपमा रहेको बालविवाह न्यूनिकरण गर्नका लागि सरोकारवाला, मानव अधिकारकर्मी तथा स्थानीयवासी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले बालविवाह न्यूनिकरण गर्नका लागि हस्ताक्षर गरेका हुन् ।

रास्कोट नगरपालिकाका किशोरी क्लवद्धारा आयोजना गरिएको हस्ताक्षर संकलन कार्यक्रममा रास्कोट नगरपालिका– ४ का वडाध्यक्ष दिनेश सञ्ज्यालको अध्यक्षता रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकको सहजिकरणमा सञ्चालित सशक्त बालिका परियोजना र पिसिई एफएम (नोराड( परियोजना अन्र्तगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको सशक्त बालिका परियोजनाका फिल्ड सुपरभारभाइजर गिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित