Online News Khabar

कर्णालीमा सरकारबाट बहिरिने कांग्रेसको चेतवानी

902
SHARES
1.1k
VIEWS

विश्वनाथ सिम्खाडा – कर्णालीमा सत्तारुढ दलहरूबिच खठपट सुरु भएको छ । बिहीबार साँझ पूर्व मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सामाजिक सञ्जालमा एक कर्णालीमा अराजकता पैदा भएको कुरा सामाजिक सञ्जालमा लेखेसँगै सरकारबिच खटपट सुरु भएको बुझिएको बुझिएको छ ।
साथै उनले कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त भएको पनि उल्लेख गरेका छन् । साथै उनले सोही बमोजिम कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले व्यवस्था गर्दा उपयुक्त हुने पनि बताएका छन् । शाहीको उक्त भनाइसँगै कर्णाली सरकारमा हलचल हुने सङ्केत देखिएको छ ।

कांग्रेस कर्णालीको प्रमुख सत्ता साझेदार दल हो । कांग्रेसले अर्थ, सामाजिक र उद्योग गरी तीन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

यसअघि शाहीले मुख्यमन्त्री राजकुमार शर्मा र अर्थमन्त्री बेदराज सिंहलाई आफ्नै निवासमा बोलाई सरकारको कामकारबाही सही ढङ्गले अघि नबढेको र कार्यशैली नसुध्रिए सोच्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।
सत्तारुढ गठबन्दनको भावना बिपरित मुख्यमन्त्री राजकुमार शर्माले कार्यसंचालन गरेको भन्दै यो पहिलो पटकको चेतवानी रहेको नेपाली कांग्रेस कर्णाली प्रदेश समीतिका पार्टी प्रवक्ता दमनबहादुर शाहीले बताए ।
सत्तारुढ गठबन्दन भित्र जे सहमती भएका छन ति सहमती लत्याएर मनपरी ढंगले कार्यसंचालन भएको छ । यो त चेतवानी मात्र हो । अझैपनी यस्ता किसिमका जनहित बिपरीत गतिविधी भइरहेमा सरकारवार बाहिरीने समेत शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित