कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको उपाधी सुर्खेतलाइ

कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको उपाधी सुर्खेतलाइ

माघ २८,कालिकोट – कर्णाली प्रदेश स्तरिय खुल्ला पुरुष ब्याटमिन्टन प्रतियोगिताको उपाधी सुर्खेतले हात पारेको छ ।
माघ २६ गते पहिलोपटक कालिकोटको सदरमुकाम मान्ममा सुरु भएको प्रतियोगितामा २१ वटा टिमले भाग लिएका थिए ।
क्याटर फाइनलमा पुगेका १९ वटा टिम मध्य फाइनलमा पुगेका सुर्खेतकै खगेन्द्र खत्री र राजेन्द्र बम बिच भएको खेलमा सुर्खेतकै नरेन्द्र बम र जितप्रसाद लामिछानेले उपधी हात पारेका हुन् ।
उपाधी जित्ने दुवैजनाले ५१ हजार १ सय ५१ रुपैयाँ संगै कप म्याडल पाएका छन । यस्तै उपबिजेता सुर्खेतकै खगेन्द्र खत्री र राजेन्द्र बमले ३१ हजार १ सय ५१ रुपैयाँ संगै कप म्याडल पाएका छन । सेमिफाइनलमा पुगेका भुपेन्द्र मल्ल, सुमन विष्ट र बिनोद शाही र मानबहादुर बुढाले तेस्रो स्थान हासिल गरेर १५ हजार १ सय ५१ रुपैयाँ पुरस्कार पाएका छन् ।
यस्तै चौथोमा खगेन्द्र थापा र सुनिल थापा बिच भएको खेलमा भुपेन्द्र मल्ल र सुमन विष्ट सेमिफाइनलमा पुगेका थिए । खडेन्द्र खत्री र राजेन्द्र बमा बिच भएको खेलमा जिवन शाही र मनोज सुनार क्याटर फाइनलमा पुगेका हुन । यसैगसरी प्रकास देवकोटा र राजेश श्रेष्ठ बिच भएको खेलमा बिनोद शाही र मानबहादुर बुढाले खेलेका थिए ।

नरेन्द्र बम र जितप्रसाद लामिछाने बिच भउको खेलमा पोषण थापा र बजुरे खड्काले खेलेका थिए ।

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताए । उनले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय भएको बताए । “खेलकुद राष्ट्रको पहिचान हो । खेलाडी देशका गहना हुन”, उनले भने, “देशको राम्रो छवी बनाउन खेलको भूमिका महत्वपूर्ण हुन्छ । खेलाडीले सिङ्गो राष्ट्रको प्रतिनिधित्व गरेको बताए ।”

उद्घाटन कार्यक्रममा खेलकुद विकास समितिका सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको भन्दै उक्त प्रतियोगितामा विभिन्न खेल खेलाउन तयारी भइरहेको बताए । “खेलकुद प्रतियोगिता नजिकिएपछि हतारमा तयारी गर्ने हाम्रो बानी नै बनेको छ । अहिलेदेखि दशौँ खेलकुदको व्यापक तयारी गरेका छौँ”, उनले भने, “त्यसका लागि यो अभ्यास खेल पनि हुनसक्छ ।”
२६ गतेदेखी सुरु भएको खेलमा २८ गते समापन गरिएको हो । जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष बिरेन्द्र बहादुर शाहीको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही पुर्व भलिवल खेलाडी संघका केन्द्रिय उपाध्यक्ष ऐनबहादुर शाही, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही, नेपाली कांग्रेशका कर्णाली प्रदेश समितिका प्रवक्ता दमनबहादुर शाहीको विषेश आतिथ्यतामा समापन भएको थियो । समापन समारोहमा नेकपा एमालेका नेता कमल कुमार शाही, जिल्ला खेलकुद समितिका अध्यष गणेशबहादुर शाही, नेपाल पत्रकार महासंघका अध्यक्ष खेलाडी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
जिल्लामा रहेका नौवटा स्थानीय तहको आर्थिक सहयोगमा ब्याटमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगिताका प्रमुख प्रशिक्षक दिपेन्द्र केशर खनालले बताए ।कार्यक्रमको संचालन जिल्ला ब्याटमिन्टन संघका सचिव बिनोश शाहीले गरेका थिए ।

यसैबिच सदरमुकाम मान्ममै पहिलो पटक प्रदेश स्तरिय करोते प्रतियोगिता पनी सम्पन्न भएको छ ।
काँता र कुविते खेलमा पहिलो सुर्खेत भएको छ । यस्तै दोस्रो दैलेख र तेस्रो सल्यान आएको कालिकोट प्रशिक्षक प्रेमसिंह तिरुवाले बताए ।
प्रतियोगितामा छनौट भएका खेलाडीहरुले अव कर्णालीमा हुने दशौ र अन्य राष्टिय खेलमा भाग लिन पाउने छन ।

सम्बन्धित फोटो ः
१) प्रतियोगितामा पहिलो हुने सुर्खेतको टिमलाई पुरस्कार सहित म्याड बितरण गर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित