Online News Khabar

गाउँमा हुदैन अनुगमन सदरमुकामका औषधी पसलमा शिल

949
SHARES
1.1k
VIEWS

कालिकोट – जिल्ला प्रशासन कार्यालय कालिकोटले मान्म बजारका औषधी पसलहरु शिल गरेको छ । मान्म बजारका अधिकांस औषधी पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो ।
औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले औषधी पसल तथा क्लिनिक बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताए ।
बुधवार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा संयुक्त अनुगमन टोलीले मान्म बजारमा अनुगमन गर्दा बिष्ट मेडिकल हल र कुशुम मेडिकल हलमा फार्मासिट बिनै औषधी बिक्री गरेको भन्दै ताला लगाएको हो ।

मान्म बजारको डिआर कर्णाली किल्नीकमा फर्मेसी राखेको तर अहिले फार्मासिट नभएर खोलिएको, कुशम मेडिकल हल दर्ता भएको तर, फर्मोसी नभएको यस्तै बिष्ट मेडिकलमा फर्मासिट नभएको, केही औषधी बिभागले प्रतिबन्ध गरेको भेटिएको हो । फर्मासिटलेनै औषधी बिक्री गरिरहेको भेरी कर्णाली मेडिकल र चंखेली मेडिकलहल रहेका छन । सदरमुकाममै गैर कानुनी रुपमा संचालन भउका औषधी पसलहरु छन । यहाँका ९ वटै पालिकामा दुईसय को हाराहारीमा औषधी पसलहरु छन यसको निगरानी पालिकाले गर्न सकेको छैन सहायक प्रजिअ अधिकारीले बताए ।

अनुगमनमा औषधी पसल सञ्चालनका लागि फार्मेसी पढेको वा औषधी व्यवस्था विभागबाट व्यवसायिक तालिम गरेको व्यक्ति गर्नुपर्छ । दर्ता गर्ने, प्रतिबन्धित औषधी बिक्री नगर्ने लगायत अन्य नियमहरुको पनि पालना गर्नुपर्छ । तर मान्ममा त्यस्तो पाइएन,’ उनले भने, ‘५ वटा पसल खोल्नमा रोक लगाएका छौं, पसल खोले नखोलेको निगरानी गर्न प्रहरीलाई भनिएको छ ।’

अधिकारीले भने, ‘उनीहरुलाई किन कारबाही नगर्ने भनेर कागजात प्रमाणहरु लिएर प्रशासन कार्यालयमा आउन भनेका छौं । उनीहरुले कसरी कागजपत्र पेश गर्छन्, त्यसैअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’
प्रशासनले पहिलो चरणमा जिल्लाका औषधी पसलहरुको अनुगमन गरेर अधिकांसको फर्मेसी संचालक बिनै औषधी पसलहरु संचालन थिए । फार्मेसी बिदामा भनेर प्रशासनको आँखाका छारो हालेपनी अहिले सम्म तिनै अहेव र अन्यले औषधी बेच्ने गरेका थिए ।बुधवार औषधी पसलको फेरी अनुगमन गरेपछी फार्मेसी बिनै औषधी बेचिरहेको पाइएको हो ।
अनुगमनमा डा. सुभनारायण शाहीले अधिकांस मेडिकलमा अस्पताल व्यवस्था विभागद्धारा अनुमती नदिएका औषधी र म्याद सकिएका औषैधी भेटिएको बताए । औषधीको मनोमानी मुल्य र गैर अनुमोदित औषधीका कारण ज्यान जोखिममा हुने डा. शुभनारणले बताए ।
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ,स्वास्थ्यकर्मी लगायतको संयुक्त टोलीले बिुधबार मान्म बजारमा अनुगमन गरेको थियो ।

यतीमात्र हैन जिल्ला अस्पतालमा गर्भधारणको लागी औषधी नदिने भएपछी अवैध रुपमा बच्चा खसाल्न मेडिकलहरुबाटै औषधी किनेर खाने गरेको पाइएको थियो ।

गाउँमा हुदैन अनुगमन

जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन भएपनी गाउँमा अहिलेसम्म अनुगमन हुन सकेको छैन । जिल्ला सदरमुकाममा त यस्तो गाउँका औषधी पसलमा कस्तो मनपरी होला स्थानिय अनिल सहकारी बताउछन । पालिकामा उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा महिनाको एक पटक अनुगमन गर्नु पर्ने भएतापनी अहिलेसम्म हुन सकेको छैन सहकारीले बताए । औषधी पसल देखी अन्य खाद्या पसदहरुमा अखाद्य वस्तुहरु बिक्री भएको पाइन्छ तर, यसको निगारनी गर्ने निकायलाई मथलव छैन । नागरिकको स्वास्थ्य प्रति सरकारी निकायको कुनै वास्ता भने छैन। राज्यको सम्पती कसरी लुटौ र आफ्नो आँसेपासेलाई जागिरमा कसरी भर्ती गर्नमै होडवाजी चलेको सहकारीले आरोप लगाए । केही समय पहिला यहाँका ९ वटा स्थानिय तह मध्य रास्कोट नगरपालिकाले मात्र खाद्य पसलहरुको अनुगमन गरेको थियो । अन्य पालिकाले अहिलेसम्म खाद्य पसल न औषधी पसलहरुको अनुगमन गर्न सकेको छैन ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आफ्नो अधिकार क्षेत्रभित्र हामिले् नियमित अनुगमन गरेका छौँ । पालिका तिर स्थानिय सरकारको जिम्मेवारी हो । अनुगमन नियमित गर्नु पर्ने हो के भएको छ थाहा छैन हामिलाई जानकारी भएअनुसार पालिकामा अनुगमन भएको देखिदैन ।
सम्बन्धित फोटो ः
१) मापदण्ड बिपरित संचालनमा रहेका मान्म बजारका औषधी पसलमा ताला लगाउदै प्रशासन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित