Online News Khabar

बिवाधित ब्यक्तीलार्ई नगरपालिकाको सल्लाहकारमा नियुक्त

966
SHARES
1.1k
VIEWS

कालिको- जिल्लाको तिलागुफा नगरपालिकाले नैतिक रुपमा पतन भएका ब्यक्तिलाई सल्लाहकारमा नियुक्ती दिएको छ । नगरपालिकाको पुस ३ गते बसेको नगर सभाले बलात्कार, मानव बेचखिन भष्टाचार जस्ता बिषयमा मुछिएका बिवादीत चरित्र हिन ब्यक्ति जगदीश बैधलाई नगरको प्रमुख सल्लाहकार संगै उनकै नाममा नगरको एक सडकको समेत नामकरण गरेको छ ।
त्यो पनि स्थानीय सरकारले आफ्नो सल्लाहकार संगै सडक र पार्कको नमकरण गरेर नैतिक पतन भएका ब्यक्तिलाई राष्ट्यि स्तरको सम्मान दिएपछि उक्त बिवाधित ब्यक्तिका वारेमा खुलेको हो । तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायको जोडबलमा बिवाधित जगदीश बैधको नाममा बालुवा चिमलचौर सडकलाई माननीय राष्ट्यि समाजसेवी प्रा डा. जगदीश बैध मार्ग नामकरण गर्न समेत गरिएको छ ।

नगरपालिकाले बिवाधित छबि भएका ठगलाई कसरी माननिय राष््िटय समाजसेवी प्रा.डा.जगदीश बैध मार्ग नामकरण गर्यो भनेर सर्वत्र बिरोध भईरहेको छ । कालीकोट जिल्ला तिलागुफा नगरपालिका प्रमुख सल्लाहकार श्री जगदीश बैध नगरको वडा नं १ जगदीश बैध मार्ग उद्घाटन गर्न त्यस तर्फ जाने भएकाले अयोध्या राममन्दीरमा भगवान रामको मुर्तिमा प्राण प्रतिष्ठानको निमन्त्रणामा जान नसक्ने भनि आत्मा बितान्त समेत गरिएको छ । उनलाई नजिकवाट चिन्नेहरुले यस्तो भ्रम आफुलाई राष्टको ठुलो ब्यक्ति हो भनेर प्रचार स्वयम आफैले गर्ने गरेको बताउछन ।
बरिष्ठ पत्रकार तथा गोरखापत्र सँस्थानका पुर्व सम्पादक निर्मल आचार्यले दरवार देखि सबैलाई प्रभाव पारेर कृष्णप्रसाद भट्राई, गिरिजा प्रसाद कोईरालावाट पनि पत्र लिएर नक्कली काम गदै आएको ब्यक्ति भएको बताउनुभयो । ठग बैधले सिफारिस गरेका मान्छे निकै उच्च पदमा पुगेको पनि बताईन्छ । तर उनि सबै नक्कली थिएर भ्रम सृजना गदै स्वार्थ लिने र गलत छविलाई सुधार गर्ने योजनामा जहिले पनि लाग्ने गरेका छन ।

बैधका वारेमा तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्याय पनि निकै भ्रममा रहेको पाईएको छ । उहाँले आफुले ब्यक्ति भन्दा पनि प्रमाणपत्र चिन्ने, ६७३ औ नम्वरमा तिलागुफा नगरको सल्लाहकार बनाएको बताउनुभयो । केही जनप्रतिनिधिबाट चिनजान भएको र डकुमेण्डलाई हेरेर जिम्मेवारी दिएको नगर प्रमुख उपाध्यायको भनाई छ । उहाँले मार्ग उद्घाटनमा आउने कुरा भएको पनि बताउनुभयो । नगर प्रमुख उपाध्यायले बैधलाई प्रमुख सल्लाहकार नियुक्ती गरेपछि प्रमाणपत्र समेत दिएको, सडक र पार्कको नामकरण गरिदिएको बताउनुभयो । काठमाण्डौ महानगरपालिका जस्तो श्रोत आफ्नो नगरमा नभएकाले नाम राखे वापत सहयोग होस र राष््टकै राम्रो ब्यक्ति भएको आफुले बुझेकाले त्यो सम्मान दिएको दाबी गर्नुभयो ।
तर नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाहीले पुस ३ गतेको नगरकार्यपालिका बैठकमा त्यस्तो निर्णय नभएको बताउनुभयो । उहाँले यो बिषय मैले आज थाह पाए त्यो दिन निर्णय भएको छैन, यसका वारेमा आफुले बुझ्ने बताउनुभयो । नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत लालवहादुर मल्लले पनि निर्णय भएको आफुलाई जानकारी नभएको र त्यो जालसाँझि पत्र हुन सक्ने बताउनुभयो । नेपाल सरकारका एक जना पुर्व सहसचिवले उनी अरुको सहयोगमा समाजसेवा गरेको देखाउने ब्यक्ति हुन र बिवाधीत छविका ब्यक्ति भएको सुनाउनुभयो ।
पार्क मार्ग नामकरण गर्ने हो भने कालीकोटकै परिवर्तनका लागि बलिदान गरेको ब्यक्तिको नाममा राख्दा राम्रो हुने सुझाव दिनुभयो । उनि बैधको कसैसंग पनि राम्रो छबि छैन, उनको आचरण थाह हुने ब्यक्तिले संगात गदैनन, उनिसंग मानिसलाई प्रभावमा पारेर आफु सल्लाहकार भएको यस्ता कागजपत्र लिने भने सक्ने ब्यक्ति भएको सुनाउनुभयो । बैध २०७७ साल असार २१ गते जवजस्तीकरणी आरोपमा पक्राउ परेका थिए । उनले दरबारमार्गमा रहेको पशुपति आश्रममा आएकी एक जटिल रोगकी महिलालाई रोग निको पाछु भन्दै आश्रममा लिएर नाङगै पारेर वलात्कार गरेको आरोप लागेपछि पक्राउ गरेका थिए । उनका बिरुद्ध ठगीका मुद्धा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा परेका थिए । उनि शक्तीको पहुँच देखाएर धेरै ठगी गर्ने ब्यक्ति भएको बताईन्छ । उनले नामको अगाडी लेख्ने प्रा. डा.को उपाधी स्वयम उले आफै लेख्ने गरेका थिए । अहिले भने पहुँचको आधारमा मानार्थ प्रमाण पत्र पाएको उनका निकटका ब्यक्तिको भनाई छ ।
स्थानिय तहका कर्मचारीलाई अहिलेसम्म तलव खुवाउन सकेको छैन बाहिरवाट ठगलाई ल्याएर सल्लाहाकार नियुक्ती गर्नु गलत रहेको स्थानिय कमल शाहीले बताए । सल्लाहाकार त नियुक्त गरे सडकको नामाकरण समेत गर्ने निर्णय गरेछ यो तिलागुफा नगरवासीको लागी अमान्य रहेको बताए । by gorkhapatraonline

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित