Online News Khabar

अनेरास्ववियु कर्णाली प्रदेश अध्यक्षमा सल्यानका ओली र सचिवमा कालिकोटका शाही

961
SHARES
1.1k
VIEWS

कालिकोट – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) कर्णाली प्रदेश अधिवेशनले अध्यक्षमा सल्यानका राजेश ओली र सचिवमा कालिकोटका धर्मबहादुर शाही बिजयी भएका छन ।

दैलेख जिल्लामा भएकाे कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट राजेश वलीको नेतृत्वमा सर्वसम्मतका साथ ४१ सदस्य कमिटी निर्वाचित भएको हाे ।

निशुल्क , गुणस्तरीय र प्राविधिक शिक्षाका लागि अनेरास्ववियुको आव्हान १ जल,जडिबुटी,खानी, पर्यटन र आधुनिक कृषि मार्फत समृद्ध कर्णाली निर्माण भन्ने मुल नारा रहेको प्रथम प्रदेश अधिवेशन उद्घाटन गरिएको थियाे ।
अधिवेशनबाट अध्यक्ष राजेश ओली (सल्यान)  उपाध्यक्ष बिवस भारती (जाजरकोट), मन्सुन दाहाल(दैलेख) र संजय योगी (सुर्खेत) सचिव धर्म बहादुर शाही (कालिकोट) सह(सचिव प्रतिभा शाही (हुम्ला), दिनेश मल्ल- प्रकाश (रुकुम पश्चिम)  र रोशन शाही (मुगु) कोषाध्यक्ष जगत जंग शाही (जुम्ला) सहित ४१ सदस्य कमिटी निर्वाचित सर्वसम्मतमा भएको सचिव धर्म बहादुर शाहीले जनाए । उक्त अधिबेशन १० वटा जिल्ला तथा विभिन्न क्याम्पस कमिटी प्रतिनिधिको सहभागीतामा सम्पन्न भएको हो।
अधिवेशनकाे उद्घाटन गर्न केन्द्रीय अध्यक्ष समिक वडाल लगायतका विद्यार्थी नेता दैलेख पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित