भूकम्पपीडितलाई खाँडाचक्र नगरपालिकाको ५ लाख सहयोग

भूकम्पपीडितलाई खाँडाचक्र नगरपालिकाको ५ लाख सहयोग

पुष २० – कालिकोटको खाँडाचक्र नगरपालिकाले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई ५ लाख सहयोग गरेको छ।

खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले भूकम्पपीडित नागरिकलाई सहयोग गर्न नगरपालिकाको तर्फबाट ५ लाखको चेक शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेश बहादुर शाहीले भूकम्प प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माणका लागि एकद्वार प्रणालीबाट गर्न आफूहरूले नगरपालिकाले दिने राहत रकम मुख्यमन्त्री विपद् कोषमार्फत वितरण होस् भन्ने उद्देश्यले मुख्यमन्त्रीलाई चेक हस्तान्तरण गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित