Online News Khabar

कालिकोटको एक बालबिकास केन्द्रमा भुँइमै बस्न बाध्य बालबालिका

867
SHARES
1k
VIEWS

कालिकोट – कालिकोटको शान्नि त्रिवेणी गाउँपालिका – ४उजेलगाउँ काभ्रारुख स्थित बिष्णु स्मृती बाल बिकास केन्द्रमा अध्ययन बालबालिकाहरु चिसो भँईमा पढ्न बाध्य भएका छन् ।
दलित र समुदायका बालबालिका धेरै रहेको विद्यालयमा विद्यार्थी आफै घरबाट प्लास्टिकको बोरा लिएर विद्यालय जाने गरेका छन् । समुदायको हार गुहारपछी बल्लतल्ल गाउँपालिकाले दिएको ३ लाख वजेटमा एक कोठे भवन निर्माण गरिएको थियो ।
गत असार महिनामा भवन निर्माण भएपनी कक्षा कोठामा बेन्च र कारर्पेटको व्यवस्थापन नहुदा अहिलेसम्म यहाँका कलिला बालबालिका चिसो भुँईमा बसेर पढ्न बाध्य भएका हुन ।

कक्षा कोठामा कारर्पेट छ न त डेस्कबेन्चको नै व्यवस्था छ । पुसको चिसो मौसममा कलिला बालबालिकाहरु चिसो भुँइमै बसेर पढ्न बाध्य छन् । बाल बिकास केन्द्रमा जम्मा १२ जना मात्र बिद्यार्थी रहेका छन । जस मध्य २ जना अन्य समुदायका र दश जना दलित समुदायका बालबालिका रहेको विद्यालयका बाल शिक्षिक लक्ष्मि कुमारी दर्जीले बताइन ।
कक्षा कोठामा विद्यार्थी बस्ने डेक्स बेन्च पनि छैन । कारर्पेट पनि छैन शिक्षिका लक्ष्मिले भनिन् ।
पहिला गाउँकै घरको कोठामा बसालेर पढाउथ्यौ समुदायले पटक पटक गाउँपालिका संग माग गर्दा बल्लतल्ल गत वर्ष वजेट दिएर भवन निर्माण गयौँ । असारमा निर्माण सम्पन्न भयो । कक्षा कोठा मात्र बन्यो कक्षा कोठामा बेन्च र कार्पेटको अहिले सम्म व्यवस्था गरेको छैन । चिसो भुँइमै बसालेर पढ्न बाध्य छन लक्ष्मिले भनिन् । भवन मात्र भएर के गर्नु पानी खान फेरी घरमै जानु पर्छ । सौचालय छैन । दिसा पिसाप लागेमा फेरी घरमै दौडिन पुर्छ । ‘वडा कार्यालयमार्फत गाउँपालिकालाई बालबालिका बस्नका लागि कारर्पेट, गुन्द्रीको व्यवस्था गरिदिनका लागि माग राख्दै आएका छौं’, उनले भनिन्, ‘सुनुवाइनै हुन सकेको छैन, अश्वास दिन्छन्, त्यसपछि कोही फर्केर आउँदैनन्।’ बालविकास केन्द्रमा खेल सामग्रीको समेत अभाव रहेको उनको भनाइ छ।

बाल कक्षामा अध्ययन गर्ने बालबालिकाका लागि मोटो कार्पेट सहितको कक्षा कोठा र बालबालिका मैत्री राउन्ड टेबल हुनु पर्ने ब्यबस्था भएपनि बाल बिकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरु चिसो भुँईमै बसेर पढ्न बाध्य रहेका छन् ।

बालबालिकाहरुले घरैबाट बोरा लिएर त्यही ओछ्याएर बस्ने गरेका छन् । पातलो एकसरो बोराबाट चिसो आउने हुँदा बालबालिकाहरु मुस्किलले मात्र विद्यालयमा बस्ने गरेको अभिभावकले बताउने गरेका छन् ।
गत असारमा मात्र भवन निर्माण भएकाले यसको कक्षा कोठा व्यवस्थापन हुन वाँकी रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख मोहोन बिर धामीले बताए । शाखामा विद्यालयको लागी कुनै श्रोत नभएकाले तत्काल वजेट व्यवस्थापन गर्न नसकिएको धामीले बताए । यसका लागी तत्काल व्यवस्थापन गर्ने उनले बताए ।
यस्तो नाजुक अवस्थाको बाल बिकास केन्द्रमा सरकारको त नजर गएन, गैरसरकारी निकायहरको पनी नजर जान सकेको छैन । गैरसरकारी निकायहरुले यहाँका अधिकास विद्यालयका बाल विकास केन्द्रमा मोटो कार्पेट सहितको कक्षा कोठा र बालबालिका मैत्री राउन्ड टेबल र शैक्षिक साम्रगीको व्यवस्थापन गर्दै आइरहेको भएपनी यहाँको दलित समुदायको यो बालबिकास केन्द्रमा बाल बालिका भँईमै बसेर पढ्न बाध्य रहेका छन ।

पावर र पँहुचको आधारमा आवश्यकतानै नरहेका ठाउँमा वजेट हालेर भवन प्रयोग बिहिन अवस्थाका भवन छन तर, यस्ता धेरै ठाउँमा जहाँका समस्या छ त्यहाँ राज्यको नजर जान सकेको छैन ।
विद्यालयको अवस्थाले विद्यार्थीको पठनपाठनमा समेत सुधार हुन सकेको छैन। अर्को विद्यालय टाढा भएका कारण बालबालिकाहरु जस्तोसुकै अवस्था भएपनि सोही विद्यालयमा अध्ययन गर्न वाध्य छन्।
अनुगमन छैन
गाउँपालिका अन्तर्गत रहेको शिक्षा शाखाले विद्यालयको समस्या अथवा अवस्थाबारे कुनै चासो दिएको छैन् । स्थानीय सरकार मातहतमा शिक्षालाई भाभिएपनि आज सम्म कुनै अनुगमन भएको छैन् । शिक्षा शाखा प्रमुख धामिले भने अब विद्यालय अनुगमन गर्ने तयारीमा रहेको बताए ।
जनप्रतिनिधीको पनि वेवास्था
स्थानीय तहमा शिक्षालाई गाभिएपनि स्थानीय जनप्रतिनिधीको चासो गएको छैन् । वडागत योजनाबाट शिक्षा क्षेत्रको लागि बजेट विनियोजन गरिएपनि पछाडी पारिउका दलित समुदायका विद्यालयमा वडा अध्यक्षहरुको निगरानी देखिएको छैन् ।
वडा नम्बर ४ अध्यक्ष देवनाथ योगीका अनुसार प्रध्यानाध्यापकले सोध्दैन्, कसरी के गर्ने, त्यो छलफल हुनै सकेको छैन् ।

सम्बन्धित फोटोः
१) चिसो भुँइमा बसेर पढ्दै गरेका शान्नि त्रिवेणी गाउँपालिका –४ को बिष्णु स्मेति बालबिकास केन्द्रका बालबालिका । तश्बिर शिव्नाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित