टिकाराज उपाध्याय ÷रास्कोट – पाँच पाकेट नुनको लागी २ हजार खर्च गरेर जिल्ला सदरमुकाम मान्म जानु पर्ने बाध्यताको रास्कोट बासीले मुक्ती पाएका छन ् ।
रास्कोट नगरपालिकाले नगरपालिकाको केन्द्र आरसपि बजारमा नुनको डिपो स्थापना गरी नगरबासिहरुलाई बितरण गरेपछी अव रास्कोट बासी नुन लिनकै लागी जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको हो ।
नागरिकता र मालपोतका सम्बन्धी काम बाहेक अरुसवै कामहरु नगरपालिकामै हुनथालेपछी रास्कोट बासी प्राय सदरमुकाम मान्म जान छाडेका थिए ।
नुनकै लागी ६ घण्टाको यात्रा गरी ३ हजार खर्च गरेर सदरमुकामको डिपोमा पाँच पाकेट नुन मात्र मिल्छ अरु काम केही हुदैन नुनकै लागी सदरमुकाम जानु पर्ने बाध्यताको अन्त्य भयो रास्कोट १ लहरेलाका अमरसिंह लुहारले बताए । हातमा नुनका पाकेट उठाउदै यही रहेछ काठमाण्डौको सिंहदरवार बल्ल महशुस भयो अमरसिंगेले भने ”।
नुनकै लागी एक महिनाको पैदलबाटो हिँडेर राजपुर कटासे गएको याद झलझली आँखामै छ । पैसा भएपछी सवै थोक गाउँमै पाइन्न थाल्यो ।
नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको नगरपालिकामा स्थापना गरेपछी अहिले यहाँका नागरिकले नुन पाउने गरेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको शाहीले बताए। ‘आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।’
अमरसिंगे मात्र हैनन नगरपालिकाबाटै नुन लिन पाउदा रास्कोट १ कोल्ढुसका अनुरुद्ध संज्यालको पनी खुशीको सिमा छैन ।
यही नुन ल्याउनका लागी एक महिनाको पैदलबाटो सामालबढी किनेर ल्याउने सामान कम हुन्थ्थियो । अहिले नगरपालिकामै नुन चामल पाउन थाल्यो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए । ‘आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा तीन हजार रुपैयाँ खर्च हुने गरेको थियो। त्यहाँ गएर पनि एकजनाले पाँच किलो मात्रै नुन पाउँथ्ये’ उनले भने, ‘प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हटेको छ ।’
महिनामा एक पटक नुन दिने गरेको रास्कोट नगरपालिका नुन डिपोले जनाएको छ । आज मात्र ३ सयभन्दा बढीलाई नुन बितरण गरेको शाखा डिपोले जनाएको छ ।
सम्बन्धित फोटोः
१) नगरपालिकामा स्थापना गरिएको डिपोबाट नुन बितरण गर्दा नुन लिन आउने स्थानिय बासीको भिड ।
Discussion about this post