Online News Khabar

कालिकोटमा १२ गतेदेखी टाईफाईड बिरुद्धको खोप लगाउने

879
SHARES
1k
VIEWS

कालिकोट- कालिकोटमा पुस १२ गते देखी १४ गतेसम्म टाईफाईड विरुद्धको खोप लगाइने भएको छ ।
पहिलो चरणमा पलाँता गाउँपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पहिलो चरणमा खोप लगाइएने स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा बुधवार जिल्ला प्रशासन कार्यालयको सभाहलमा टाईफाइड खोप अभियान २०८० ८१ सम्बन्धि जिल्ला स्तरिय खोप समन्वय समितका पधाधिकारी र संञ्चारकर्मी संगको अन्तिरक्रिया कार्यक्रममा १८ वर्ष देखी ४५ वर्ष उमेर समुहका नागरिकहरुलाई अनिवार्य रुपमा खोप लगाउने स्वास्थ्य सेवा कार्यालय कालिकोटका व्यवस्थापक डा. संकेत बिश्वकर्माले बताए । पछिल्लो पटक पचालझरना, रास्कोट, खाँडाचक्र शुभकालिकामा १६ गतेदेखी १८ गतेसम्म लगाईने बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतको सभाअध्यक्षता, प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको आतिथ्यता, प्रहरी प्रमुख, पत्रकार महासंघका अध्यक्ष, गैसस माहासंघका अध्यक्ष लगायतका जिल्लाका सरोकारवाला र संञ्चारकर्मिहरुको उपस्थितीमा अभिमुखिकरण गरिएको थियो ।

कोभिड बिरुद्धको खोप जस्तै टाईफाईड बिरुद्धको खोप अनिवार्य लगाउनु पर्ने सहभागिको भनाई थियो ।
कालिकोटमा पनी अहिले सम्म कालिकोटमा लगाइएका १३ थरिका खोपहरुको वारे जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य सेवा कार्यालयका शुचनाअधिकारी कटक महतले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित