कालिकोट – जिल्लाको पचालझरना गाउँपालिकाले इ–हाजिरी प्राणली लागु गरेको छ । ब्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता कार्यक्रम संगै सवै शाखामा डिजिटल प्रणली लागु भएसंगै अव कर्मचारीले हाजिर इलेक्टोनिक मेशिन अर्थात इ–हाजिरी प्राणाली मार्फत गर्ने भएका छन ।
कार्यालय समयमा कर्मचारी नआउने र नबस्ने प्रचलनको अन्त्य गर्न पचालझरनाले अव इ–हाजीरी प्रणली सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले बताए ।
कर्मचारीले पालना गर्ने नियम, अनुशासन र बिधिमा गइरहेको पचालझरनालाई अझै व्यवस्थित गर्दै अगाढी लैजाने अधिकृत भण्डारीले बताए ।
कतिपय स्थानिय तहमा आफ्नो भवन छैन । भएपनी साँगुरो भाडामा संचालन भइरहेका छन । पचालझरना यस्तो अवस्थाबाट मुक्ती पाएको छ । सुविधा सम्पन्न भवनमा सेवा सुरु भइ नागरिकको सेवा पनी छिटो र छरितो बनाउने भण्डारीको भनाई छ ।
Discussion about this post