कालिकोट- नेकपा एमालेका पार्टी अध्यक्ष केपी ओली दैलेखको राकममा मंसिर १७ गते आउने भएका छन् ।
यही मंसिर १४ गतेदेखि हुने झुलाघाट, चिवाभञ्ज्याङ ः समृद्धिका लागि संकल्प यात्रालाई सफल पार्न मंसिर १७ गते दैलेखको राकममा भेला हुने भएको छ । मध्यपहाडी लोकमार्ग यात्रा सफल पार्न नेकपा एमाले कालिकोट जिल्ला कमिटीले तीव्र तयारी थालेको छ ।
१७ गतेको आमसभाकाका लागि जिल्ला कमिटीले पालिकाको बैठक सम्पन्न गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका केन्द्रीय नेताहरू उपस्थितमा हुने उक्त भेलामा कालिकोट जिल्लाको व्यापक सहभागिता गराउन सबै पालिकाको बैठक बस्ने र मास परिचालन कमिटी गठन गर्ने निर्णय भएको छ । यस्तै बैठकले आमसभा सफल पार्न नेता तथा कार्यकर्ताको कार्य विभाजन पनि गरेको छ । बैठकमा केन्द्रीय सदस्य नगिन्द्र शाही, नमराज रावतलगायतको उपस्थित रहेको थियो ।
Discussion about this post