Online News Khabar

युनिकोड

तेस्रो जेसिज कप मान्ममा सुरु

942
SHARES
1.1k
VIEWS

कालिकोट – तेस्रो जेसीज कप तथा पुरुष खुल्ला भलिवल प्रतियोगिता सदरमुकाम मान्ममा सुरु भएको छ । कर्णाली जेसीज कालिकोटको आयोजनामा सुरु भएको कपको मंगलवार सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ । जेसीज का अध्यक्ष हरीप्रसाद पाण्डेको सभा अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीको प्रमुख आतिथ्यता, जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र नेपाली कांग्रेस कर्णाली प्रदेश कमितिका प्रवक्ता दमनबहादुर शाहीको विषेश आतिथ्यतामा उद्घाटन गरिएको हो ।

कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि खेलकुद् प्रशिक्षक, नागरिक समाज र पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागि हुन टिमहरु दर्ता हुनेक्रम जारी रहेको आयोजकले जनाएको छ ।जेसीजले प्रत्येक वर्ष खेल तथा सांस्कृतिक महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमको संचालन जेसीज वर्ष २०२० का अध्यक्ष सविनकुमार विष्टले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित