Online News Khabar

खुल्ला प्रतिस्पर्दाबाट बिद्यालयको प्रअ छनौट

1.1k
SHARES
1.3k
VIEWS

कालिकोट – जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाले खुल्ला प्रतिस्पर्दाबाट बिद्यालयको प्रधानाध्यापक छनौट प्रक्रिया सुरु गरेको छ । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने विधि प्रयोगमा ल्याएको छ ।
यस अघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने परिपाटीका कारण बिद्यालय बिवादमा तानिने प्रअ र बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न हानथाप गर्ने परिपार्टीका कारण खुल्ला प्रतिस्पर्धा अवलम्बन गर्ने नीति सान्नित्रिबेणी गाउपालिकाले लिएको थियो ।
यस्तै सीकाइ र सुझावका आधारमा प्रस्तावित शिक्षा ऐनमा पनि संघिय सरकारले खुला प्रतिस्पर्दावाट प्रधानाध्यापक नियुक्ति गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने ब्यवस्था गरिएको छ ।
सान्नित्रिबेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको छ । खस्किँदै गएको शैक्षिक गुणस्तर र सामुदायीक बिद्यालयको ब्यवस्थापनका लागि पालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । यसरी प्रधानाध्यापक चयन गरेपछि सामुदायीक बिद्यालयको सिकाई उपलबब्धी र सामुदायीक बिद्यालयको ब्यवस्थापनमा सुधार आउने सान्नि त्रिबेणीगाउपालिका शिक्षा साखा प्रमुख मोहनबिर धामिले बताउनु बताए ।\

शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाई ले प्रधानाध्यापक चयन गर्ने व्यवस्था भए पनि सान्नित्रिबेणी गाउपालिकाले स्थानिय सरकारको शिक्षा ऐन बनाएर कार्यपालिकामा पास गरे पछि बिद्यालय शिक्षा सुधार गर्ने प्रमुख बिकल्प प्रशासन रहेको भन्दै बिद्यालय प्रशासनको सुधारका लागि प्रधानाध्यापक परीक्षा प्रणालीवाट चयन गर्ने नीति लिएको गाउपालिका सरकार प्रमुख मोहन केसील बताए ।
खुला परिक्षा प्रणालिबाट छनोट गरीएका प्रअलाइ कामकाजमा खटाए पछि बाकिरहेका बिद्यालयमा पनि दशैलगतै खुल्ला प्रतिस्पर्दाबाट प्रधानाध्यापक छनोट गरिने गाउपालिकाले बताएको छ । सरकारले छुट्टै कार्यविधि बनाई स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ ।
प्रधानाध्यापकका लागि योग्यता, अनुभव, विद्यालय विकास प्रस्ताव , लिखित र मौखिक लगायतलाई आधार मानेर जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुखको सहभागितामा परीक्षा लिएको हो ।पालिका भरका माबि र आधारभुत गरि ३० बिद्यालयमा प्रअ खुला प्रतिस्पर्दावाट चयन हुने जनाईएको छ ।

पहिलो चरणमा भएको बिज्ञापनमा आधार भुत गरि ३४ जना परिक्षामा आबेदन दिएको भए पनि २७ जना मात्र सामेल भएकोमा ५ जना माबि र ६ जना आधारभुत तहमा सफल भएका छन
प्रधानाध्यापक हुनलाइ राहात र स्थायीमा कार्यरत भएको , कार्यसम्पादन र लिखित मौखिक अन्तरवार्तामा सफल भएको ब्यक्ति हुने ब्यवस्था गरिएको छ । आधारभुत तहका लागि शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यमिक तहका लागि शिक्षा शास्त्रमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण भएर शिक्षक पेसामा राहात अथवा स्थायी भएको ब्यक्ति प्रधानाध्यापक हुन पाउने कानुनी व्यवस्था अनुसार परीक्षा लिएको शिक्षा साखा प्रमुख मोहनबिर धामिले बताउनु भयो स्थानियतहमार्फत प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छान्ने व्यवस्था राम्रो भएको भन्दै साााजिक सन्जालमा प्रशंसा हुन थालेको छ ।
सामुदायिक विद्यालयको शिक्षण सिकाइ र गुणस्तर सुधार गर्न तथा व्यवस्थापकीय पक्ष राम्रो बनाउन स्थानीय तहले प्रधानाध्यापक चयन गर्नु परेको जनप्रतिनिधि बताउँछन् ।
प्रधानाध्यापक सक्षम र इमानदार भए विद्यालयको शैक्षिक अवस्थामा सुधार आउनेमा दुई मत नरहेको केही महिना अघि रेडियो प्रदेश आवाजले गरेको सार्वजनिक सुनुवाइमा पनि नागरिकको प्रश्न थियो । । व्यक्तिगत निकटता र दलीय आस्थाका आधारमा शिक्षक नियुक्त गर्ने र प्रधानाध्यापक बनाउने प्रवृत्तिको अन्त्य हुने गाउँशिक्षा शाखा प्रमुख मोहनविर धामिले बताए ।

परिक्षा प्रणालिमा सुधार

सान्नित्रिबेणी गाउपालिकाले लिएको प्रधानाध्यापक छनोट परीक्षा अहिले सम्मकै बिश्वसनिय र खुला देखिएको छ । हालसम्मका सबै परिक्षा प्रणालिमा घुुसपैठ ,आफ्नो ,प्रायगर्ने गरेको र पहिलेनै सेटिङ हुने र धादलि हुने गरेको आधारमा परिक्षार्थिको प्राप्तअंक पनि रिजल्टसंगै टास गरिएको छ । यश अघि हुने परिक्षामा प्राय प्राप्तअंक गोप्यराखि रिजल्ट गरिने र उजुरी मुद्वा मामला गरेर भए पनि हेर्न चाहे आफ्नो मात्र नं हेर्न र रिचेक गराउन पाउने भए पनि सान्निमा रिजल्टसिट संगै उनिहरूले प्राप्त गरेको अंक पनि टासिएको छ ।
फोटो ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित