कालिकोट – दन्द ग्रस्त क्षेत्र इजरायल बाट कालिकोटकाे खाँडाचक्र नगरपालिका -४ का धनकृष्ण आचार्य (किशाेसले) आफुहरू नेपाल आउन चाएकाे भएपनि नेपाल सरकारले उद्वार गर्न नसकेकाे बताएका छन ।
पढ्न र सिक्न कृषि बिद्यालय बाट केहि महिना अघि इजरायल गएका आचार्यले धेरै नेपालीको ज्यान गईसक्याे हामि भाग्यले बाचेका छाै । सरकारले अहिलेसम्म पनि हामीलाई उद्वार गर्न सकेकाे छैन ।
उनले फेसवुक स्टाटसमा यसरि लेखेका छन ।
अहिलेसम्म र अझै केही दिन सम्म इजरायलको एयरपोर्ट खुल्ला छ र हुनेछ ,त्यसपछि के हुन्छ भन्ने स्थिति अनिश्चित छ, यो नश्लवादिहरु बिचको युद्ध हो, यसमा विभिन्न राष्ट्र इजरायलको पक्ष/ विपक्षमा उभिसकेको स्थिति छ ।यतिबेला युद्धकारिहरुले आफ्नो शक्ति प्रदशनी गरिरहेका छ्न । इजरायलमा रहेको विभिन्न देशका नागरिकलाई उनिहरुको देशमा फिर्ता गरिसक्यो तर नेपाल सरकार पहल गर्दैछौ भन्दै बसेको छ,आखिर पहल कहिलेसम्म??
हामी घर,परिवार र आफ्नो माटोमा श्वास पुर्याउन चाहान्छौ !
तर सरकार कहाँ छाै?
Discussion about this post