Online News Khabar

कालिकोटका तिलागुफा र महावैमा राष्ट्रिय परिचयपत्र बनाउने अभियान वडास्तरबाट सुरु

869
SHARES
1k
VIEWS

कालिकोट- जिल्लाको तिलागुफा नगरपालिका र महावै गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने अभियान वडा स्तरबाटै सुरु भएको छ । जिल्ला भरी गरिने यो अभियानमा पहिलो चरणमा तिलागुफा नगरपालिका र महावैका वडा स्तरबाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताएका छन ।
परिचयपत्र बनाउन केन्द्रमा खटिएर आएका कर्मचारी टोलीले यहाँका ९ वटै पालिकाका ८२ वटै वडामा पुगेर परिचयपत्र बनाउने माझीले बताए ।
अहिले पहिलो चरणमा तिलागुफा र महावैबाट सुरु गरिउको छ । विभिन्न कारणले जिल्लामै आउन नसकेका हरुका लागी अती उपयोगी अभियान हुने प्रजिअ माझीको भनाई छ ।

उनीहरूले सबै वडा कार्यालयमा पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउने लगायतका कामको थालनी गरेका छन । वडास्तरको अभियान संगै जिल्ला प्रशासन कार्यालय कालिकोटबाट राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम भइरहेको समेत जानकारी दिए ।

उनले भने– ’यसअघि प्रशासन कार्यालयमा आएर राष्ट्रिय परिचयपत्रका लागि विवरण भरिसकेकाको चाडै नै परिचयपत्र आउनेछ । कार्यालयमा विवरण भरेका बाहेकका सबै नागरिकहरूको परिचयपत्रको लागि अहिले वडास्तरमा कर्मचारीसहित विवरण भर्ने टोली परिचालन गरिएको छ।

जिल्लाका वडास्तरमा खटिएका टोलीले वडास्तरमा र आवश्यकताअनुसार अन्य स्थानमा समेत बसेर नागरिकता प्रमाणपत्र प्राप्त गरिसकेका सबै नागरिकको राष्ट्रिय परिचयपत्रको लागि विवरण भर्नेछन्। कालिकोटमा अहिले सम्म ११ हजार चारसय दुई दर्ता गरेको र ३७ जनालाई राष्ट्रिय परिचयपत्र बितरण गरिएको राष्ट्रिय परिचयपत्र शाखाले जनाएको छ ।

यो कार्यक्रम जिल्ला प्रशासन कार्यालयमा पनि चालू रहनेछ । गाउँका नागरिक नागरिकता बनाउन सदरमुकाम आउने भएकाले उक्त कार्य कार्यालयमा पनि जारी रहनेछ । वडास्तरमा राष्ट्रिय परिचयपत्र बनाउने टोली पुगेसँगै परिचयपत्रको लागि फाराम भर्ने नागरिकको भिड लागेको छ।

जिल्ला प्रशासन कार्यालय कालिकोटले स्थानीय तहका सबै जनप्रतिनिधिहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन आएका टोलीलाई सूचना सम्प्रेषण र अन्य सहयोग गरिदिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित