Online News Khabar

बझाङ भूकम्प [अपडेट] : पहिरोमा एक महिला बेपत्ता, ९ जना घाइते

857
SHARES
1k
VIEWS

बझाङ — बझाङमा भूकम्पसँगै आएको पहिरोमा परी एक जना महिला बेपत्ता भएकी छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर-११ ओखलगाउँकी गुनदेवी धामी भूकम्पसँगै आएको पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनी टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी थिइन् ।

यस्तै भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा गरी ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा ४ जना, मष्टा गाउँपालिकामा २ जना र केदारस्युँ, खप्तडछान्ना र वित्थडचिर गाउँपालिकामा एक-एक जना गरी ९ जना घाइते भएका हुन् ।

यस्तै भूकम्पपछि गएको सुख्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । जयपृथ्वी नगरपालिकाको माल्लालाग्ना भिरमा र छबीस पाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध भएको हो ।

निरन्तर परकम्प गइरहेकोले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन् । ‘भिरालो जमिनमा पहिरो गएकोले डोजर पठाउँदा थप क्षति हुन सक्ने भएकोले राजमार्ग खुलाउन सकेका छैनौँ । तर बाटो खुलाउन डोजर तयारी अवस्थामा राखेका छौँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित