Online News Khabar

बझाङमा भुकम्प दर्जनाै घर भत्किय नागरिक सडक र खुल्ला चाैरमा

865
SHARES
1k
VIEWS

डिवि विष्ट बझाङ – बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भुकम्पले थलारा गाउँपालिका वडा नम्बर ९ सिरेटा, फकालि, खानि, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा,लगायतका ठाउमा दर्जन भन्दा बढि घर भत्किएको जानकारि अाएकाे जिल्ला प्रहरी कार्यालय बझाङ ले जनाएको छ । सिटेटामा मात्रै ४० घर पुर्ण रूपमा क्षति भएको थलारा गाउँ पालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनु भयाे । यस्तै अन्य ठाउहरूमा समेत घर भत्किएको स्थानियले जानकारी दिएका छन् । भुकम्पकाे पराकम्प पटक पटक गै रहेकाे छ । अहिले स्थानिय बासिन्दा सडक, खुल्ला चाैरमा बसि रहेकाे ईन्सपेटर दिपेश चाैधरिले बताउनु भयाे । अहिले क्षतिकाे विवरण लिने का भै रहेकाे चाैधरिले जानकारी दिए । कहाँ के कति क्षति भयाे भन्ने खबर अाएकाे छैन । मानविय क्षति भएको भन्ने बारे पनि जानकारी नभएको उनले बताए ।
।यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित