कालिकोट – बिहिवार रातीदेखी आफ्नो कोठाबाट ४ बर्षिय नाबालक सहित बेपत्ता भएकी गिता जैसीले प्रहरी संग म आफै भागेको बताएकी छन ।
बिहिवार रातीदेखी सदरमुकाम मान्मको न्वगैरा आफ्नै कोठाबाट बेपत्ता भएकी गिता शनिवार ३ वजे नेपालगञ्जको कारकादो चोकमा रहेको मिरा होटलदेखी आफन्तलाई फोन सम्र्पकमा आएकी थिन ।
आफन्तको सम्र्पकमा आएकी गितालाई प्रहरीले नेपालगञ्जदेखी हिजो रातीनै कालिकोट ल्याएको छ ।
प्रहरीले गितालाई सोध्दा उनले आफै भागेकी हुँ मलाई कसैले भाग पनी भनेका हैनन् ।
उनले हिजो नेपालगञ्जको कारकाँदो चोकमा रहेको मिरा होटलका संचालक को फोनबाट आफ्नो दाई नमराज सुवेदीको फोनमा रुदै आतिएर यस्तो फोन गरेकी थिन मलाई बचाउ म एक होटमा पुगेकी छु । मलाई विहान ४ वजे चर्पी बाट कोठा जादै थिए तिन चार जनाले कोठाको ढोकैमा समातेर घाँटी बुझे बोल्न सकिन मुखमा के लगाए कहाँ लगे थाहा पाएन अहिले एक जंगलमा रहेछु छोरा पनी म संगै छ । जंगलबाट हिँडे होटल भेटेर होटलमा छु मलाई लैजानु दाजु भनेर फोन गरेकी छन ।
त्यसपछी होटलको संचालकले भने रुदै आतिएर मेरो होटलमा आउनु भयो । मैले सोधे के भएको भनी उनले मलाई एकपटक फोन गरिदिनु मेरो आफन्तलाई भनेर आग्रह गरिन भनेर भनेका थिए । आज फेरी गिताले प्रहरीसंग म आफै भागेकी हुँ भनेकी छन ।
उता गिताका श्रीमान दानबहादुर शाही र उनकी जेठी श्रीमती रञ्जना शाहीले बेपत्ता पारेको भन्दै गिताका आफन्तले मान्म बजारमा आन्दोलन गरेका थिए । अव गिताले आफै भागेको हुँ भन्दा दानबहादुर र उनकी श्रीमती रञ्जना निर्दोष सावित भएका छन ।
Discussion about this post