‘
कालिकोट- बिहिवार रातीदेखी आफ्नो कोठाबाट ४ बर्षिय नाबालक सहित बेपत्ता भएकी गिता जैशी नेपालगंजमा भेटिएकी छन ।
बिहिवार रातीदेखी सदरमुकाम मान्मको न्वगैरा आफ्नै कोठाबाट बेपत्ता भएकी गिता शनिवार ३ वजे नेपालगञ्जको कारकादो चोकमा रहेको मिरा होटलदेखी आफन्तलाई फोन गरेकी छन ।
उनले मिरा होटलका संचालक को फोनबाट आफ्नो दाई नमराज सुवेदीको फोनमा रुदै आतिएर यस्तो फोन गरेकी छन मलाई बचाउ म एक होटमा पुगेकी छु । मलाई विहान ४ वजे चर्पी बाट कोठा जादै थिए तिन चार जनाले कोठाको ढोकैमा समातेर घाँटी बुझे बोल्न सकिन मुखमा के लगाए कहाँ लगे थाहा पाएन अहिले एक जंगलमा रहेछु छोरा पनी म संगै छ । जंगलबाट हिँडे होटल भेटेर होटलमा छु मलाई लैजानु दाजु भनेर फोन गरेकी छन । त्यसपछी होटलको संचालकले भने रुदै आतिएर मेरो होटलमा आउनु भयो । मैले सोधे के भएको भनी उनले मलाई एकपटक फोन गरिदिनु मेरो आफन्तलाई भनेर आग्रह गरिन मैले फोन नम्बर मागेर फोन गरिदिए ।
गिताको खोजी कार्यकालागी जिल्ला प्रहरी कार्यालय कालिकोटले सिसिटिभि क्यामेराको फुटेज मान्मको प्रतिमाचोक बाट तल्लो वसपार्क तिर छोरा बोकेर हिँडेको जस्तो सिसि क्यमेराको फुटेजले देखाएको प्रहरी प्रमुख डिएसिपी अर्जुन केसीले बताए । आफन्तको भनाईमा गिताको हुलिया मिलेको छ । अहिले भेटिएकै अवस्थामा फुटेजकै कपडा छ । घटना संकास्पद हुन सक्ने देखिन्छ । फुटेजमा अनुहार किलिअर छैन । प्रमुख केसीले भने, गितानै हुन भन्ने अवस्था पनी छैन । सिसि टिभी क्यामेराको फुटेज अनुसार प्रतीमाचोक देखी तल्लो रोडमा गएको देखिन्छ । यस विषयमा हामि के हो अपहरण भए नभएको अनुसन्धान गर्ने केसीको भनाई छ । केही मान्छेले पनी बिचबाटोमा भेटाएको भनेर भनेका छन । यो विषयमा अनुसन्धान गदैछौ ।
पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरा स्थित डेराबाट बेपत्ता भएपछी आफन्तजनले आन्दोलन सहित खोजिकार्यको लागी दवाफ दिएका थिए ।
उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समय अघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।
महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । बिहिवार राति ९ बजे मान्म बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो थियो । अहिले पनी माइतिपक्षले दानबहादुरकै योजनामा अपहरण गरेको आफन्तको आरोप छ । आमा छोरालाई मार्ने प्रयास असफल भएपछी छोडेको आफन्तले आरोप लगाएका छन ।
गिताका श्रीमान दानबहादुर शाहीले केही दिनसमय अघी आफ्नो फेसवुकको म्यासेन्जरबाट गिता जैशीलाई तेरो बुवालाई मान्छे लगाएर मार्ने मै हुँ तलाई र तेरो छोरालाई पनी त्यसैगरी मान्छे लगाएर मार्छु भनेर लेखेपछी उनलाई प्रहरीले प्रक्राउ गरी प्रहरी थुनामा रहेका छन । फेरी गिता बेपत्ता भएपछी शाहीकी जेठी श्रीमती रञ्जना शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शाहीले म्यासेन्जरबाट गिता जैशीलाई तेरो बुवालाई मान्छे लगाएर मार्ने मै हुँ तलाई र तेरो छोरालाई पनी त्यसैगरी मान्छे लगाएर मार्छु भनेको कुरा अनुसन्धानको लागी साइवर ब्युरोमा रिर्पोट पठाएको छ । रिर्पोट आइपुगेको छैन ।
अहिले सम्पर्कमा आएकी गिता जैसीलाई नेपालगंज प्रहरीले नियन्त्रणमा लगेर सोधपुछ संगै कालिकोट ल्याउन लागेको छ ।
Discussion about this post