Online News Khabar

४ वर्षिय बालक सहित आमा छोरा बेपत्ता, हत्याको आसंका

1.2k
SHARES
1.4k
VIEWS

कालिकोट – ४ बर्षिय बालक सहित सदरमुकाम मान्मबाट आमा बेपत्ता भएकी छन । शान्नित्रिवेणा गाउँपालिका १ माईति घर भएकि सदरमुकाम मान्म १ दानबहादुर शाही कि कान्छि श्रिमति २८ वर्षिय गिता जैशि आफ्नै कोठाबाट शुक्रबार रातिदेखि बेपत्ता भएकि हुन् । कालीकोटको खाँडाचक्र १ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् ।
पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरा स्थित डेराबाट बेपत्ता भएका हुन् ।

उनी दैखेल भगवतीमाई ५ कट्टी घर भएर मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए ।
महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

गत राति ९ बजे मान्म बजारको आफ्नै दाइको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ ।
खाना खाएर सुत्न कोठा गएका हुन् । सुवेदी होटलका संचालक नमराज सुवेदीले भने, ’पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । उनले थपे हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरु नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका गरे ।

पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए ।
हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रञ्जना शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।

मान्म बजारमा ’शाहीजी इलेक्ट्रोनिक्स’ संचालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी फुपु नाता पर्ने अर्मिता न्यौपाने बताइन् ।
उनकी पति र सौताको षड्यन्त्रमा बेपत्ता बनाइएको हुनसक्ने न्यौपानेको दाबी छ । ’पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्,’ उनले भनिन्, ’अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।’ उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् ।

मान्म बजारमा बस्दै आएकी गीता हिंसा पीडित महिला हुन् । दैलेख भगवतीमाई ५ कट्टी स्थायी ठेगाना भइ मान्म बजारमा बस्दै आएका दानबहादुर शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि अलग बस्दै आएकी थिइन् ।

दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको सार्वजनिक भएको थियो ।

यहाँका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । अहिले नेपाल प्रहरी र शसत्त प्रहरीले खोजीकार्य गरिरहेको छ ।

आमाछोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले शुक्रबार बिहानैदेखि मान्म बजारमा प्रदर्शन गर्दै शाहीको घरमा ढुंगामुढाको प्रयास गरेपछि प्रहरीले उनको मान्मस्थित घरमा सुरक्षा दिइरहेको छ । आफन्तले महिला र बाल हिंसाविरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । गिताका श्रीमान दानबहादुरले तेरो बाबु पनी मारेको मैले हो तलाई र तेरो छोरालाई पनी त्येसैगरी मार्छु भनेपछी उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । आफन्तहरु खोजीकार्य र दानबहादुरकी जेठी श्रीमतीको नाममा किटानी दिने तयारी थालेका छन ।
स्थानियका अनुसार दानबहादुर शाहीका भिना पर्ने र आफन्त मान्ममा भेटघाटका लागी आएको र मार्ने धम्की दिएपछी बेपत्ताका आफन्तले किटानी दर्ता गर्न माग गरिरहेका छन ।
सम्बन्धित फोटो ः
१) बेपत्ता भएकी गिताको कोठा र ढोकाको दृश्य
¬२) महिलाका माइती पक्षले नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालयमा प्रदर्शन र घेराउ गरिरहेका छन्

३) गिता जैशी र ४ वर्षिय बालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित