कालिकोट – नेपाल कम्युनिस्ट पार्टी एमाले कालिकोट संगठन सुर्ढिकरण तथा बिस्तार अभियानमा लागेकाे छ ।
कालिकोट जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नवराज रावतकाे नेतृत्वमा कालिकोटका ९ वटै पालिकामा संगठन निर्माण तथा बिस्तार गर्न खाँडाचक्र नगरपालिका बाट याे अभियान सुरू गरिएको छ ।
शुक्रबार खाँडाचक्र नगरपालिका देखि सुरू गरिएको अभियानमा शनिवार तिलागुफा नगरपालिकामा बैठक तथा प्रशिक्षण गरिएको छ ।
तिलागुफा नगर कमिटी उपाध्यक्ष उर्मिला भन्डाराकाे अध्यक्षता, नेकपा एमाले केन्द्रिय सदस्य तथा कालिकाेट जिल्ला इन्चार्ज नवराज रावतकाे प्रमुख आतिथ्यता,प्रदेश क इन्चार्ज दक्षिणा शाही , पुर्व मन्त्री कुर्मराज शाही , लेखा आयाेग सदस्य कासि बराल , जिल्ला अध्यक्ष जसि प्रसाद पाण्डे , प्रदेश कमिटी सदस्य लक्ष्मण बम,महेन्द्रबहादुर शाही, तारा शाही ,जिल्ला उपाध्यक्ष दयाराम सिम्खाडा , सचिव टेक बहादुर बाेगटि , उप-सचिब ब्यासि तिरूवा , प्रदेश (क ) अध्यक्ष ऐन बहादुर शाही , नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्ला काे काेषाध्यक्ष देबेन्र्द बहादुर शाही लगायतकाे उपस्थिति रहेकाे थियाे । बैठकमा तिलागुफा नगरपालिका वडा नम्बर १ देखि ११ सम्मकाे सांगठनिक गतिविधि बारे ईन्चार्जलाई जानकारी गराइएकाे थियाे ।
साथै बैठकमा एकीकृत समाजवादी का जिल्ला कमिटी सचिवालय सदस्य तिलागुफा नगरपालिका वडा नम्बर ६ का निबर्तमान वडा अध्यक्ष धर्म बहादुर शाही , युवा नेता पुर्ण बहादुर शाही र युवा नेता माेहन शाही समाजवादी पार्टि छाडेर एमालेमा समाहित भएका छन ।
Discussion about this post