Online News Khabar

सम्भाव्यता अध्यानमै सिमित मान्म– कोटबाडा केवुलकार

876
SHARES
1k
VIEWS

कालिकोट – दक्षिण एसियाकै पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको कालिकोटको मान्म –कोडवाडा केबुलकार सम्भाव्यता अध्यानमै सिमित रहेको छ ।
जिल्ला सदरमुकाम मान्मको कोटदरवार देखी कोडावाडा जोड्ने २ हजार १ सय ५७ मिटरको दुरीमा रहने केबलकारकोअधुरो डीपीआर सार्वजनिक गरेपनी अहिलेसम्म यसको निर्माणमा अन्यौल्ता रहेको छ ।

कर्णाली प्रदेशलाई पर्यटकीय गन्तव्य बनाउन, विमानमा कोटबाडा आएका यात्रुहरूलाई सदरमुकाम मान्म ल्याउन र सुनथराली विमानस्थलबाट बडीमालिका जान केबलकार बनाउन थालिएको हो । विमानस्थलबाट मान्म आउन धेरै समय लाग्ने भएकाले यात्राको दुरी छोटो बनाउन केबलकार बनाउन लागिएको हो ।

केबलकार निर्माणमा १ अर्ब १४ करोड ८४ लाख ६५ हजार ८ सय ९० रुपैयाँ ६८ पैसा लागत अनुमान गरिएको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख रामचन्द्र बिसीले बताए । प्रमुख बिसीका अनुसार अहिले यो वर्ष ५ करोड वजेट प्रदेश सरकारले बिनियोजन गरेको छ । यसका लागी के काम गर्ने, कसरी गर्ने नयाँ काम भएकाले सुरु हुन नसकेको बताए ।
ढिपिआर रिर्पोट पनी अधुरै रहेकाले वजेट आएको छ काम सुरु भएको छैन । निर्माण कम्पनीले १७ लाख ३० हजारमा डिपिआर सम्झौता गरेपनी अहिले ७ लाख मात्र पेष्की लगेको छ ।

प्रमुख बिसीले कर्णाली प्रदेशमा फरक काम भएकाले यहाँको लागी नयाँ काम भएकाले काम गर्न ढिलाई हुने र वजेट पनी ठुलो लाग्ने भएकाले निरन्तर वजेटको अभाव हुने उनको भनाई छ । एक किसिमले यहाँको लागी नयाँ काम, सिमित वजेट र यसको लागी सम्पुर्ण अध्यानको लागी समय लाग्ने देखिन्छ । यस वर्षको ५ करोड वजेटले के काम गर्ने, कसरी गर्ने भन्नेमा अल्मलिएका छौँ ।

२०६४ सालदेखि केवुलकारको कुरा उठेको थियो तर सम्भाव्यता अध्ययन गर्न पनि १५ वर्ष लागेको स्थानीयले बताएका छन् । मान्म–कोडवाडा केबुलकार निर्माणपछि पर्यटन प्रबद्र्धनका साथै आवतजावत गर्न पनि सहज हुने आम अपेक्षा रहेको छ। अहिले मान्मदेखि कोडवाडा जान गाडीमा ३ घण्टा र पैदल जाँदा ६ घण्टा लाग्ने गरेको छ ।
नरहरिनाथको कोडवाडामा सुनथराली विमानस्थल निर्माण गरिएको छ। केबुलकार तयार भए मात्र आवतजावतमा सहजता हुने स्थानीयले बताएका छन्। मान्म–कोडवाडा केबुलकार निर्माणको लागि प्रतिनिधिसभाका सांसद महेन्द्रबहादुर शाहीले आफ्नो तर्फबाट पहल गरिरहेको बताए ।

यस्तै कर्णाली प्रदेशका सांसद हिक्मत बिष्टले निरन्तर पहल गरिरहेको बताएका छन् । उनले आफू निर्वाचित भएदेखि निर्माण गर्नका लागि सबैतिर पहल गरेको बताए ।
कालिकोटवासीले मान्म–कोडवाडा केबुलकार निर्माण छिटो गर्न सांसद र मन्त्रीहरूलाई सुझाब दिएका छन् ।
सम्बन्धित फोटो ः

१) मान्म – कोडबाटा केबुलकार जोड्ने क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित