Online News Khabar

संघीय शिक्षा ऐनको विरुद्धमा कालीकोटका शिक्षक आन्दोलित

883
SHARES
1k
VIEWS

कालीकोट — संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै कालीकोटका शिक्षक आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रम अर्न्तगत यहाँका ९ वटै स्थानीय तहका विद्यालयका शिक्षकहरु सदरमुकाम मान्मको शिक्षा विकास तथा समन्वय इकाई कालिकोटको कार्यालयमा धर्नामा वसेका छन । आइतवार स्थानिय तहका पालिकाका कार्यालय र सोमवार सदरमुकाम मान्मको शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालयमा धर्नामा वसेका हुन ।

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले जिल्ला भरका विद्यालयका शिक्षक सदरमुकाम मान्म आएर आइतबार देखी ९ वटै पालिकामा शिक्षक धर्ना बसेको शिक्षक महासंघ कालीकोटका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताए ।
’लामो समयसम्म आउन नसकेको संघीय शिक्षा ऐनका प्रावधानले शिक्षक समुदायको आत्मसम्मानमा चोट पुगेको छ,’ उनले भने, ’शिक्षा, शिक्षक र विद्यालय कर्मचारीविरोधी प्रावधान नहटाएर कडारुपमा प्रस्तुत हुनेछौं ।’ उनले विद्यालय बन्द गरेर आन्दोलनस्वरुप पालिकामा धर्ना दिन आउनु रहर नभई बाध्यता भएको बताए । यती गर्दापनी हामा्र मागहरु संवोधन नगरे जिल्ला भरका विद्यालय बन्द गरेर कडा रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
सरकारले शिक्षकका सेवासुविधा कटौती गर्ने गरी ऐन ल्याएकाले धर्नामा आउनु परेको नेपाल शिक्षक संघकी कालिकोट अध्यक्ष यमुना बमले बताइन ।

’नयाँ ऐनले शिक्षकलाई निजामति कर्मचारीसरह सुविधा दिने होला भनेको त झन् अपमानित हुने गरी आयो,’ बमले भनिन्, ’प्रस्तावित ऐन शिक्षा प्रणाली नै ध्वस्त हुने गरी ल्याइएको छ ।’ उनले शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान हटाउनुपर्ने बताइन् ।

त्यस्तै,यहाँको रास्कोट, तिलागुफा नगरपालिका, नरहरिनाथ, शान्नित्रिवेणी, पचालझरना, पलाता, शुभकालिका र महाबै गाउँपालिकाकामा शिक्षकहरुले धर्ना दिएका छन् ।
यस्तै शिक्षक महासंघ कालिकोटका सचिव सवराज बमले २०२८ सालमा लागु भएको शिक्षा एन अहिले ८० मा आएर संसोधन गरियो यो एैन शिक्षकको हकहितमा छैन यो तत्काल सरकारले फिर्ता लिनु पर्ने बमले बताए ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले विद्यालय बन्द गरेर धर्ना दिनु राम्रो नभएको बताए । शिक्षकको आन्दोलनले करिब ३ सय सरकारी र एक दर्जन निजी विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

सम्बन्धित फोटोः
कालीकोटको खाडाचक्र नगरपालिकामा सोमबार धर्ना बसेका शिक्षकहरु । तस्बिर ः बिश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित