Online News Khabar

डम्पिङ साइडमै लाखौ खर्च, बजारको फोहोर खोला जंगलमै

878
SHARES
1k
VIEWS

कालिकोट – डम्पिङ साइट व्यवस्था गर्न नसकेको खाँडाचक्र नगरपालिकाले जथाभावी फोहोर फाल्दा जनस्वास्थ्यमा जोखिम बढेको छ । बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहलाई समस्या हुन थालेको छ । व्यवस्थित ल्यान्डफिल्ड साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुन थालेको हो ।
बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने तथा नकुहिने फोहोर व्यवस्थापनका लागि स्थायी फोहोर व्यवस्थापन केन्द्र (ल्यान्डफिल्ड साइट) नहुँदा जिल्लाको सदरमुकाम भित्रको खाँडाचक्र नगरपालिकाले फोहोर लगेर खोला,किनारा तथा बजार नजिकैको जंगलमा फाल्दै आएको छ  । जथाभावि रुपमा फोहोर फ्याल्दा वातावरण प्रदूषण हुनुका साथै फोहोरका गन्ध नजिकका बस्तीसम्म पुग्ने गरेको छ ।

मुलुक संघीय संरचनामा गएसंगै फोहोरमैला व्यवस्थपनलाई नै मुख्य एजेण्डा बनाएका जनप्रतिनिधिले यसको दीर्घकालिन समाधान गर्न सकेका छैनन् । समय–समयमा फोहोर मैला व्यवस्थापन अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च गर्ने गरिएपनि उपलब्धि शून्य छ ।

जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकाले फोहोर मैला व्यवस्थापनको स्थायी समाधान निकाल्न सकेको छैन । फोहोरमैला व्यवस्थापनको पाटो व्यवस्थित बनाउने भन्दै विभिन्न जिल्लामा रहेका नमुनायोग्य ल्यान्डफिल्ड साइटको स्थलगत अध्ययन अवलोकन गरे पनि अहिलेसम्म स्थायी ल्यान्डफिल्ड साइट भने बनाउन सकेका छैन । साविकको जिल्ला विकास समितिको बेलादेखी वर्सेनी वजेट खर्चगरेपनी अहिले सम्म डम्पिङ साइट निर्माण सम्पन्न भएको छैन ।
सदरमुकाम नजिकैको काउले खोलामा वर्षेनी वजेछ छुटाएर खाल्डा खन्दै लाखौ रकम सकियो तर, अहिलेसम्म डम्पिङ साइट निर्माण हुन सकेको छैन । बजारको फोहोर भरी जंगलमा फाल्दै आएको छ ।

नगरपालिकाभित्र व्यवस्थित र स्थायी ल्यान्डफिल्ड साइट स्थापनाका लागि जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाइ शाखाका कार्मचारी संयुक्त रुपमा विभिन्न स्थानको फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकनका लागि गए । तर हालसम्म पनि स्थायी ल्यान्डफिल्ड साइट निर्माण गर्न नसक्दा ५ वर्षको अवधिमा फोहोर व्यवस्थापनका लागि ३ वटा ठाउँ फेरिसकेको देखिन्छ ।
जिल्ला सविकास समितिको पालादेखी काउलेखोला नजिकै खाल्डो खनियो । त्यसपछी सोही क्षेत्रकै अली परतिर निर्माण थालियो। अन्तमा काउलेखाला नजिकै नगरपालिकाको लगानीमा डम्पिङ साइड निर्माण थालेको छ । अहिले सम्म बजारको फोहोर भरी जंगलमै फाल्दै आएको छ ।
यस विषयमा नगरप्रमुख कमलबहादुर शाहीले यसैवर्ष बजारको फोहोर व्यवस्थापनकै लागी वजेट छुटाएको छ । यसका लागी हामि चासो र चिन्ता रहेको छ । सदरमुकाम क्षेत्रकै जंगलमा फोहोर फल्दै आएका छौँ । अव यसको व्यवस्थापन हुन्छ ।
नगरपालिका स्थापना भए यता फोहोरमैला व्यवस्थापनको अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च भए पनि उपलब्धि भने शुन्य छ ।

सम्बन्धित फोटोः
१) बर्सौ देखी बजारको फोहोर सदरमुकाम नजिकैको जंगलमा फाल्दै नगरपालिका।
२) लाखौ खर्च गरेपनी अझै निर्माण सम्पन्न हुन नसकेको नगरपालिकाले बनाउदै गरेको डम्ङिप साइड

तस्बिर विश्वनाथ सिम्खाडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित