कालिकोट – प्रेस चौतारीका केन्दिय अध्यक्ष गणेश वस्नेत विरुद्धको मुद्धा फिर्ता भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुनकाण्डमा मोछेर फेसवुक मार्फत लालछना लगाएको आरोपमा साइवर क्राइममा गृहमन्त्रीको सचिवालयले वस्नेत विरुद्ध मुद्धा दर्ता गरेको थियो ।
अध्यक्ष वस्नेत विरुद्धको मुद्धा प्रेस स्वतन्त्रता विरुद्धको भएको भन्दै नेपाल पत्रकारमहासंघ,प्रेस युनियन, प्रेस चौतारी नेपाल लगायतका संगठनहरुले विज्ञप्तीद्धारा दवाफ दिएपनी शनिवार चौतारीका अध्यक्ष वस्नेत र गृहमन्त्री वस्नेत बिच घेटघाट गरी मुद्धा फिर्ता लिने सहमती भएको जनाइएको छ ।
समाजिक सञ्जाल फेसवुकमा चौतारी अध्यक्ष गणेश वस्नेतले यसरी लेखेका छन …….
माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग आज छलफल भयो । उहाँले पुरानै मित्रवत शैलीमा गणेशजीले नै मेरोबारे यस्तो लेख्ने ? भनेर हास्नु भयो । मैले तपाईलाई नै किटान गरेर कहाँ लेखेको छु भने । छलफलबाट निचोड निकालियो- अहिलेसम्मको असहमतीको अन्त्य गर्ने । नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड । केही बुझाईमा फरक परेछ हामीबीच तर नियत गलत थिएन ।
विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिए, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ त्यो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो । प्रेस चौतारी नेपालको आन्दोलनका सवै कार्यक्रम स्थिगत भएको छ । साथै आफू भ्रष्टाचारविरुद कुनै समझौता नगर्ने उहाँको अडानमा समर्थन गर्दै भ्रष्टाचारविरुद्धको अभियानमा एक्यवद्दता जनाइयो । यो अभियानमा साथ दिने प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस सेण्टरका अध्यक्षलगायत सवै मित्रहरूप्रति आभारी छू ।
Discussion about this post