Online News Khabar

कालिकोटमा कबड्डी प्रतियाेगिता शुरु

889
SHARES
1k
VIEWS

कालीकाेट जिल्लामा पहिलाे पटक कबड्डी प्रतियाेगिता शुरु भएकाे छ । शुक्रबार एक कार्यक्रमका बीच भब्य रुपमा उद्घाटन गरिएकाे हाे । असार १५ देखि १८ गते सम्म सञ्चालन हुने कबड्डी प्रतियाेगितामा कालीकाेट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडीहरु उपस्थित हुने कबड्डी संघ कालिकाेटका सचिव दिनेश शाही(डिजे)ले बताए । उनका अनुसार हाल सम्म पुरुषतर्फ ५ टिम र महिलातर्फ ३ टिमकाे सहभागीता रहेका छन् ।

कबड्डी संघ नेपालका राष्ट्रिय खेलाडी जगदिश बिष्टले आफ्नाे गृह जिल्लामा पहिलाे पटक खेल शुरु गर्न धेरै चुनाैती रहेता पनि जिल्लामै पहिलाे पटक खेल गराउन लागेकाे बताए । राष्ट्रिय खेलाडी बिष्टले कबड्डि राष्ट्रिय खेल भएतापनि अन्य खेलहरुमा चासाे देखाउने र कबड्डीमा चासाे कम देखाउने भएकाले कबड्डी खेलका नयाँ खेलाडी उत्पादन गरि राष्ट्रिय स्तरका खेलमा सहभागी गराउने खेलकाे लक्ष्य रहेकाे बताए । प्रतियाेगिता सम्पन्न गराउनका लागि सहयाेग गर्ने सम्पूर्ण गाउँपालिका तथा नगरपालिका, अन्य सहयाेगी संस्था र व्य क्तिलाई बिष्टले धन्यवाद समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित