कालीकोटमा विरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस मनाइयो

कालीकोटमा विरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस मनाइयो

निरा कुमारी बोहोरा– बिरुवा रोपेर कालिकोटमा पनी राष्ट्रिय बृक्षारोपण दिवस मनाइएको छ ।
“शान्तिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रूख रोपौँ“ भन्ने मुल नाराका साथ कालिकोटको खाँडाचक्र नगरपालिकाको कोटदरवार क्षेत्रमा विरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस मनायएको छ ।

डिभिजन वन कार्यालय,कालिकोटको आयोजनामा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल शाहीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख गणेश शाही, तथा प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीको विशेष आतिथ्यता, सायहाक वन अधिकृत प्रकाश देवकोटा, सम्बद्ध सबै सुरक्षा निकाय तथा अन्य सबै सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका अध्यक्ष, पत्रकार महासंघ, स्थानीय, युवा क्लब, समेतको सक्रिय सहभागीतामा खाँडाचक्र नगरपालिका–१ स्थित प्राचीन ऐतिहासिक स्थल कोटदरबारमा बृक्षारोपण गरे दिवस मनाएको हो ।

रोपण गरिएका बिरूवाहरूको उचित संरक्षण तथा ब्यवस्थापनका लागि नगरपालिका, डिभिजन वन कार्यालय र स्थानीय युवा क्लबको प्रतिबद्धता सहित वृक्षा रोपण गरिएको जनायएको छ ।
कार्यक्रममा सफल पार्न सहभागी हुनुभएकोमा डिभिजन वन कार्यालय आभार प्रकट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित