खाँडाचक्र नगरपालिकाले छाेरी शिक्षा कार्यक्रम लागु गर्ने

खाँडाचक्र नगरपालिकाले छाेरी शिक्षा कार्यक्रम लागु गर्ने

कालिकोट – जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ ले छोरी शिक्षा कार्यक्रम लागु गर्ने भएको छ । बुधवार बालविवाह बिरुद्ध साझा अभियान कालिकोटको आयोजना र खाँडाचक्र नगरपालिको समन्वयमा योजना प्रकृया समन्वयात्मक बैठकमा वडा नं १ का वडा अध्यक्ष धर्मराज ताम्राकारले यस्तो बताउनु भएको हो ।
बढ्दो बालविवाहलाई अन्त्य गर्ने, समाजमा हुने लैंगिक हिंसालाई अन्त्य गर्ने,छोरी आत्म निर्भर बनाउने उश्यले कार्यक्रम लागु गर्ने बताउदै उमेर पुगी विवाह गर्ने दलित समुदायका युवतिहरुलाई नगद १० हजार सहित सम्मान गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष ताम्राकारले जानकारी दिनु भयो
बालविवाह बिरुद्ध साझा अभियान कालिकोटका संयोजक खडानन्द अधिकारीको अध्यक्षता ,खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीको प्रमुख आथित्यता तथा नगर उप प्रमुख गणेश बहादुर शाहीको बिषेश आथित्यतामा भएको कार्यक्रममा आफ्नो भनाई राख्दै खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले
बालविवाह सामाजिक तथा कानुनि हिसावले अपराध भएकाले यस्तो कार्यमा कोहिपनि भुलेर नलाग्न अनुरोध गर्नु भयो साथै प्रमुख शाहीले आफ्नो नगरपालिकामा मात्र नभई बालविवाह सम्बन्धि चेतना मुलक कार्यक्रम अझैं कर्णाली प्रदेशमै आवश्यक रहेको बताउदै बालविवाह अन्त्यको लागि आफ्नो नगरसरकार सकारात्म रहेकाले यसमा बालविवाह बिरुद्ध साझा अभियान कालिकोटले संचालन गरकोे यस बालविवाह अन्त्यको महा अभियानमा सबैले साथ दिन आश्यक रहेको बताउनु भयो
।। कार्यक्रमका बिषेश अथिती एवम् खाँडाचक्र नगरपालिकाका उप प्रमुख गणेश बहादुर शाही आकाशले बालविवाहको समस्या नेपालको तराईमधेस र पहाडि क्षेत्रमा बढि भएको बताउदै ।
शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका दलित,गैरदलित,ब्रमाण, समुदायमा बढी भएको आफुलाई महसुस भएको बताउनु भयो ,
उहाँले भन्नु भयो अन्य समुदायमा पनि धेर थोर समस्या छ । त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी भएको उपप्रमख शाहीले बताउनु भयो ।
नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह ग¥यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यद्यपि गाउँ–समाजमा बालविवाह रोकिन सकेको छैन । कार्यक्रममा खाँडाचक्र नगरपालिका वडा नं ५ का वडा अध्यक्ष देउराम बिश्कर्मा,वडा नं ८ का वडा अध्यक्ष नन्द बहादुर मल्ल, वडा नं १० का वडा अध्यक्ष दिलबहादुर शाही,शिक्षा शाखा प्रमुख बलिराज शाही, बालविवाह बिरुद्ध साझा अभियानका प्रतिनिधि तथा मानवअधिकार कर्मि कालिबहादुर मल्ल,लागएतको सहभागितामा कार्यक्रम भएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित