कालिकोटमा ३५ सय पशूमा ‘लम्पी स्किन’को सङ्क्रमण

कालिकोटमा ३५ सय पशूमा ‘लम्पी स्किन’को सङ्क्रमण

कालिकोट – कालिकोटमा तीन हजार पाँचसय बढि पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ।
लम्पी स्किन रोगको सङ्क्रमणबाट कालिकोटमा अहिलेसम्म तिनसय १४ पशुको मृत्यु भएको छ।

याे सङ्क्रमण जिल्लाभरभयावह रूपमा फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन्।

जिल्लास्थित पशू अस्पताल तथा पशु सेवा कार्यालयले , पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिएकाे छ ।

कार्यालय प्रमुख लक्ष्मीप्रसाद अधिकारीले ‘केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा हामिले किनेर ल्याएकाे भ्याक्सिन दिराछाै ।
आवश्यक राेग नियन्त्रण गर्न गराे भईसकेकाे छ ।
यसकन लागि जनचेतना फैलाउने कनम गरिरहेका छाै ।
अरू अाैषधि आएको छैन’, उनले भने ।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै प्रमुख अधिकारीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए।
सवैभन्दा बढि शान्नि त्रिवेणी गाउँपालिकामा देखिएकाे बताए ।

पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए। ‘यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ’, उनले भने ।

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुन सक्ने अधिकारीले सुझाव दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित