कालिकोट – फुकाेट- कर्णाली हाइड्रोपावर लाई बहुमत सहितकाे शेयर हस्तान्तरण गर्ने सहमति भएपछि कालिकोटबासि लाई संका उत्पन्न हुन थालेकाे छ ।
भारत भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डले लगानी अभावका कारण भारतिय बिद्युत कम्पनीलाई बहुमत शेयर ५१ प्रतिशत शेहर सहित फुल जिम्मेवारी दिने गरि सम्झौता गर्ने निर्णय गरेपछि कालिकोट नेपाल पत्रकार महासंघका कालिकोट अध्यक्ष भरतराज बिष्टले नेपालमाथी टमाटर मा नाकाबन्दी गर्ने भारतलाई कर्णाली आयाेजना लाई फुल जिम्मेवारी दिने निर्णय संकास्पद रहेकाे बताए ।
आयाेजनाकाे मान्ममा रहेकाे सम्पर्क कार्यालयमा पुगेर आयाेजना प्रमुख हिरामान वाइवालाई यश बिषयमा ध्यानाकर्षण गरे ।
अध्यक्ष बिष्ट सहित पत्रकार रत्नकार्कि , बिश्वनाथ सिम्खाडा, पुष्पराज भट्टराई गणेश शाही लगायतकाे टाेलिले जुन अवधारणा र मस्कतमा आयाेजना निर्माणका लागि सम्झौता गरियाे अहिले नेपालले लगानी जुटाउन नसकेर भारतिय कम्पनीलाई बहुमतकाे शेहर सहित सुम्पिनु गलत रहेकाे बताएका छन ।






