Online News Khabar

पचालझरनाको काखमा पुग्दै पुर्वाधार

880
SHARES
1k
VIEWS

कालिकोट – नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरनाको अव सजिलै अवलोकन गर्न सकिने भएको छ । भौतिक पुर्वाधारको अवभावले अझेलमा परेको झरना क्षेत्रमा कर्णली करिडोरदेखी झरनासम्मै सडक निर्माण भएपछी अव आन्तरिक तथा वाह्य पर्यटकिहरुले हेर्न र अवलोकन गर्न पाउने भएका छन ।
झरनाको फेदमा पैदलमार्ग निर्माण भइसकेको छ ।कर्णाली करिडोरदेखी खार्दुसम्मै सडक निर्माण गरी गाडीको उद्घाटन गरेपछी अव पचालझरनामा हेन् आउन सहज हुने भएको छ ।
जिल्लाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिएको पचाल झरना ४ सय १५ मिटर अग्लो छ। पचालझरना गाउँपालिका,सरकारी तथा गैरसरकारी निकायले त्यसको लम्बाइ नापेर सार्वजनिक गरिसकेका छन्।

यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्याप्तुङ झरना ३ सय ६५ मिटर उचाइको छ। उक्त ह्याप्तुङ झरना भन्दा कालिकोटको पचाल झरना थप ५० मिटर अग्लो छ। तर, पर्यटन बोर्डले यस झरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख गरेको छैन ।

कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने पचाल झरना गाउँपालिका—३ खाद्रुमा रहेको छ। सदरमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र एक दिन पैदलयात्रा गरेपछि त्यहाँ पुग्न सकिन्छ। बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण पनि भइरहेको छ। तर, यसको उचित प्रचारप्रसार हुन नसकेको स्थानीय ज्योती कठायतले बताए।

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरना अग्ला,अग्ला पहाडी हिम श्रृङखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ । दुई वर्ष अगाडि गाउँपालिकाले आधिकारिक रूपमा गरेको सर्वेक्षणमा पचाल झरना खसेको ठाँउदेखि सिधै तल ठोक्किएको ठाँउसम्म ३ सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँको समेत दूरी लिँदा ४ सय १५ मिटर अग्लो रहेको प्रमाणित गरेको छ।

स्थानीय सिवराज सेजुवालले पटक पटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिएको झरनाको पर्यटन बोर्डमा अभिलेख समेत नहुनु दुःखद भएको बताए। यो ऐतिहासिक झरनाको संरक्षण,विकास र प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्ने निश्चित रहेको उनले बताए।

पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ। स्थानीका अनुसार यो झरनाको बीचमा ठूलाठूला गुफाहरू पनि छन्। यहाँका विद्यालयहरूले शैक्षिक भ्रमणमा यही झरनाको अवलोकन गराउने गरेको छ।

सरकारको सय गन्तव्य भित्र परेको झरना यस अघि मुलुकका नयाँ सय गन्तव्यहरू भनेर सार्वजनिक गरेका गन्तव्यहरूको सूचीमा यस झरनालाई पनि समावेश गरेको थियो। त्यसपछि यहाँका नागरिकमा उत्साह छाएको थियो।

गाउँ पालिकाका निर्वतमा अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकाले प्राविधिकसहितको टोली खटाएर झरनाको नापनक्सा गरी नेपालकै अग्लो झरना भएको दाबीसहित संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र पर्यटन बोर्डमा अभिलेख गरी वैधानिकता दिन पहल गरेको बताए।

गाउँपालिकाले पचाल झरना सम्म पुग्नको लागि निर्माण गरिएको पैदलमार्ग,होमस्टे र सुचना केन्द्रको लागि संघ,प्रदेश र स्थानिय तहले हाल सम्म ९० लाख खर्च गरिसकेको पचालझरना गाउँपालिकाका सुचना अधिकृत प्रकाश कठायतले बताए। उन भने ‘आर्थिक वर्ष २०७८÷७९मा ३ करोड ३२ लाखमा थप कामसुरु गरिएको छ। फागुनमा सक्नेगरि मंगल स्टेलजेबि काठमाडौंले सम्झौता गरेर काम गरिरहेको हो। ’

स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिक्ता दिएको भएता पनि नेपाल पर्यटन बोर्डमा अभिलेख नराखिदा ओझेलमा परेको गाउँपालिका अध्यक्ष देवराज शाहीले बताए। उनले मन्त्रालयमा पटक पटक मन्त्री फेरिदा पर्यटन बोर्डमा अभिलेख हुन नसकेको दाबि गरे। झरनामा हैन त्यहाँ पुगेमा लेकाली वातावरण संगै स्याउको पकेट क्षेत्रपनी हुम्न सकिन्छ ।
फोटोः
१) पचालझरना छहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित