Online News Khabar

अनुदान लगेका समूह वा उपभोक्ताले उपलब्धि नदेखाए रकम फिर्ता लग्छाै : अध्यक्ष आचार्य

870
SHARES
1k
VIEWS

कालिकोट – शुभकालिका गाउँपालिका अध्यक्ष गाेबिन्दप्रसाद आचार्यले राज्यबाट लगेकाे अनुदानकाे उपलब्धि देखाउन नसके समूह वा उपभोक्ताबाट रकम फिर्ता लग्ने बताएका छन ।
पछिल्लो समय राज्यबाट अनुदान लिनका लागि कुखुरा फर्म, बाख्राका खाेर देखायर रकम पचाउने प्रवृतिकाे अन्त्य गर्न गाउँपालिकाले नियम कडा गरेकाे बताए ।
अब देखि गाउँपालिकाले कृषि फर्म देखायर अनुदान लिने उपभोक्ता वा समुहलाई लगानिकाे उपलब्धि नदेखाएमा सरकारी कागज बनाएर रकम फिर्ता लिने बताए ।
यसले गर्दा अनुदान हैन लगानी मागेर यसकाे व्याज सावाँ सहित राज्यलाई तिर्नु पर्छ भन्ने महसुस गराउन याे विधि अपनाएकाे बताए ।
पहिला पहिला बाख्रा, कुखुराकाे खाेर देखाएर अनुदान लिने । पछि खाेरमा न बाख्रा न कुखुरा सवै काटेर खाने अनुदानपनि पचाउने प्रवृतिकाे अन्य गर्न गाउँपालिकाले याे विधि अपनाएकाे अध्यक्ष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित